+
+
Shares

व्यवस्थापिका संसद्को अधिवेशन आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १५ गते १०:०९

BICC-Nepal१५ असोज, काठमाडौं । नयाँ संविधान जारी भएपछि व्यवस्थापिका-संसद्को पहिलो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ ।

व्यवस्थापिका-संसद् भवन नयाँ बानेश्वरमा अपराहृन एक बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपतिले अधिवेशन आहृवान सम्बन्धमा पठाएको पत्र वाचन गर्नेे बाहेक अन्य कार्यसूची हालसम्म तय नभएको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।

नेपालको संविधानअनुसार व्यवस्थापिका-संसद्को अधिवेशन सुरु भएको एक साताभित्र सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको चयन गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा २९८ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिने छ । त्यसो हुन नसकेमा संसद्मा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचत हुने प्रावधान छ ।

यस्तै अधिवेशन चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको नयाँ निर्वाचन हुने व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिले कोसमक्ष राजीनामा दिने भन्ने कुनै पनि प्रस्ट प्रावधान नभएका कारण समस्या परेको छ ।

अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुखको चयन गर्ने संवैधानिक प्रावधान छ । राष्ट्रपति तथा उपराष्ट्रपति एवम् सभामुखको चयनका लागि नयाँ नियमावली बनाउनुपर्ने अवस्था रहेकाले त्यसको आवश्यक तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

संविधानमा राजीनासम्बन्धी प्रावधान नभएका कारण नयाँ नियमावली बनाएर अप्ठयारो हटाउने तयारी गरिएकाले केही दिनभित्रै मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ ।

यस्तै संविधान जारी प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै तराई-मधेसमा आन्दोलन गर्दै आएका राजनीतिक दलको मागअनुसार संविधान संशोधनको प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?