Comments Add Comment

भैरहवाबाट ट्यांकरसहित १२२ गाडी भित्रिए

Bhairahawa-Naka
सलमान खान
१५ असोज, भैरहवा । रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट तेलको ट्यांकरसहित एक सय २२ वटा मालवाहक सवारी नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

केही दिनदेखि भैरहवा नाकाबाट मालवाहक सवारी भित्रिरहेका छन् । बिहिवार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भारतको सिमावर्ती महाराजगंज जिल्लाका डिएम (प्रमुख जिल्ला अधिकारी) सुनिल श्रीवास्तवसँग निर्वाध रुपमा मालवाहक सवारी सुनौली नाकाबाट पठाउन आग्रह गरेपछि शुक्रबार अन्य दिनको तुलनामा बढी गाडी भित्रिएका हुन् ।

भारतबाट साँझ ६ बजेसम्म ३ वटा तेलको ट्यांकर (जसमा एक पेट्रोल, एक डिजेल, एक मट्टतिेल), दुईवटा खाना पकाउने ग्याँसको ट्यांकर र विभिन्न किसिमका साम्रगीका गरी १ सय १७ वटा मालवाहक सवारी भित्रिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनका अनुसार भारतबाट अझै सवारी साधनहरु मुलुकमा आउने क्रमम जारी रहेको छ । भारतबाट पर्यटकका १७ वटा बसहरु पनि मुलुकमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment