Comments Add Comment

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बन्ने

फाइल तस्वीर
फाइल तस्वीर

१६ असोज, काठमाडौं । पुराना संरचना फेर्दै आधुनिक सहर बनाउने अभियानमा रहेको महानगरपालिकाले खुलामञ्चमा दुईतले भूमिगत ‘पार्किङ लट’ बनाउने भएको छ ।

यसअघि महानगरपालिकाले पूरानो वर्षपार्क रहेको स्थानमा सुविधासम्पन्न बसपार्कसहित २३ तले अत्याधुनिक टावर, गोंगबु क्षेत्रमा रहेको नयाँ वसपार्कको व्यापक सुधारसहित आधुनिक बसपार्क निर्माणको अभियान थालिसकेको छ । यसैक्रममा महानगरपालिकाले सुविधासम्पन्न पार्किङ लट निर्माण गर्न लागेको नयाँ पत्रिकामा खबर छ ।

पार्किङ लटका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम हुँदैछ । प्रतिवेदन तयार भएलगत्तै पार्किङ लट निर्माणको प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment