Comments Add Comment

भारतकाे नाकाबन्दीविरुद्ध कतारमा बिरोध सभा

nepali samaj doha-1घनश्याम पराजुली (कृष्ण)

दोहा । नेपालमा नयाँ संबिधानको विरोधमा उत्रिएका मधेसी समुदायको माग सम्बोधन नगरिएको भन्दै भारतले सीमा नाकामा पारेको अवरोधको कतारमा भएका नेपालीहरुले विरोध जनाएका छन् । नेपाली एकता समाज कतारले दोहामा भारतीय हस्तक्षेपको विरुद्ध विरोध सभाको आयोजना गरेको हो ।

‘सम्पूर्ण प्रवासी नेपाली एक हौं, राष्ट्रियताको रक्षा गरौं, भारतीय हस्तक्षेप बन्द गर, सीमा नाका खुल्ला गर’ भन्ने नाराका साथ कतार नेपाली एकता समाज कतारले बिरोध सभाको आयोजना गरेको हो ।

सभामा सहभागीहरुले सार्वभौम सम्पन्न मुलुक नेपालमाथि दक्षिणी छिमेकी मुलुक भारतले गरेको हस्तक्षेप स्वीकार्य नहुने बताए । उनीहरुले स्वाधिन नेपालमाथि आफूअनुकुलको संविधान नबनेको भन्दै नाकाबन्दी गर्नु गम्भीर अपराध भएको बताए । उनीहरुले भारतीय हस्तक्षेप नेपालीहरुका लागि स्वीकार्य नहुने बताए ।

nepali samaj doha-2कार्यक्रममा बोल्दै बक्ताहरुले अन्तराष्ट्रिय नियम विपरीत भारतले नाकाबन्दी गरेर नेपालमाथि हस्तक्षेप गर्न खोजेको बताए । भारतसँग नेपालले गरेका विभिन्न सन्धीका कारण अप्ठ्यारो अवस्थामा नेपालीलाई पार्न खोजिएको उनीहरुले बताए ।

अघोषित रुपमा नाकाबन्दी गरेर नेपालको पिठ्यूँमा छुरा रोप्ने काम भएको भन्दै प्रवासी नेपालहरुले भारतको कडा आलोचना गरे । नेपालका राजनीतिक दलले भारतलाई अभिभावक ठान्दा यो अवस्था आएको भन्दै नेताहरु दिल्ली केन्दि्रत हुनुको परिणाम यस्तो भएको उनीहरुको भनाइ थियो ।

नक्कली नागरिकता किनेर नेपाली बनेका बिहारको झुण्डले पृथकताबादी आन्दोलन गरेको भन्दै उनीहरुले मधेस आन्दोलनप्रति पनि रोष प्रकट गरे । भारतलाई रिजाएर कुर्सी बचाउने खेल जबसम्म अन्त्य हुदैन तवसम्म समस्या समाधान नहुने वक्ताहरुको भनाइ थियो । नेपाल स्वयम् आत्मनिर्भर हुनुपर्ने भन्दै नेपाली जनता एक भएर भारतलाई घुडा टेकाउने हैसियत राख्नुपर्नेमा पनि उनीहरुले जोड दिए ।

nepali samaj doha-3कार्यक्रममा यसरी धारणा राख्नेमा अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव अर्जुन थापा, कतार नेपाली एकता समाजका सविन श्रेष्ठ, हेमन्त वाईवा, धनबहादुर परियार, टुकनाथ शर्मा, नेपाली जनसम्पर्क समिति कतारमा सभापति बिमल सुबेदी, प्रवासी नेपाली मन्च कतारका उपसचिव मुनाफ मियाँ लगायतले थिए ।

उनीहरुले भारतीय हस्तक्षेपको विरोधमा आयोजना गरेको सभामा कालो व्यानर बनाएर कार्यक्रम आयोजना गरिएको थियो । लुमाकान्त पुनको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रथम उपाध्यक्ष मदन श्रीसले स्वागत मन्तव्य राखेका राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment