+
+

रजनी प्रधान पुन: एनआरएन अन्तराष्ट्रिय महिला उप-संयोजकमा उठ्ने

स्पेन । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला उप-संयोजक पदमा बेल्जियमबाट पुन: रजनी प्रधानले उम्मेद्वारी घोषणा गरेकी छन्। बिगत २४ बर्ष देखि बेल्जियम बस्दै आएकी प्रधानले महिलाहरुको सशक्तिकरण अभियानलाई निरन्तरता दिने भन्दै पुन: उप-संयोजकमा रही काम गर्ने ईच्छा ब्यक्त गरेकी हुन्।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १७ गते २०:४७

बसन्त रानाभाट

स्पेन । गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला उप-संयोजक पदमा बेल्जियमबाट पुन: रजनी प्रधानले उम्मेद्वारी घोषणा गरेकी छन्। बिगत २४ बर्ष देखि बेल्जियम बस्दै आएकी प्रधानले महिलाहरुको सशक्तिकरण अभियानलाई निरन्तरता दिने भन्दै पुन: उप-संयोजकमा रही काम गर्ने ईच्छा ब्यक्त गरेकी हुन्।

महिला संयोजक पदमा पुन: रसियाबाट सपिला राजभण्डारीले उम्मेदवारी घोषणा गरे पछि प्रधानले पनि उप-संयोजक पदमा नै रही आगामी २ बर्ष काम गर्ने चाहाना राखेकी छन्।  उप संयोजकको जिम्मेबारी सम्हाली रहेकी प्रधानले आगामी कार्यकालका लागि माइक्रोफाइनान्स सञ्चालन गरी गरिबी निवारणमा सहयोग पुर्याउँने योजना सार्बजनिक गरेकी छन्।

यस्तै उनले हाल संञ्चालन भई रहेको महिलाहरुका आङ्ग खस्ने समस्या सम्बन्धी स्वास्थ्य परियोजनालाई पनि निरन्तरता दिदै अभियानलाई अझ प्रभावकारी बनाउँने प्रतिबद्दता ब्यक्त गरेकी छन्। यसका लागि सबै राष्ट्रिय समन्वय परिषदका महिला फोरमहरुमा अन्तर्क्रियात्मक कार्यक्रमहरु संचालन गरि चेतनाको बिकास गर्ने बताएकी छन्।

वैदेशिक रोजगारमा जाने महिलामाथि हुँदै आएका विभेदकारी नीतिलाई अन्त्य गर्न घरेलु कामदारहरुको समस्यालाई निराकरण गर्न, महिलाका समस्याहरुलाई राष्ट्रिय स्तरबाट समस्या समाधान गर्नका साथै श्रम सम्झौता नगेरेको मुलुकहरुमा कामदारहरु पठाउने कार्यलाई कानुनी दायरामा ल्याउन नेपाल र नेपाल बाहिरका सम्वन्धित निकायहरुसँग यथासिघ्र आवश्यक समन्वय गर्ने प्रतिबद्दता पनि प्रधानले गरेकी छन्।

वैदेशिक रोजगारलाई व्यवस्थित तथा मर्यादीत बनाउन गैरआवासीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुत बनाउने अभियनलाई लक्ष्यमा पुर्याउँन पहल गर्ने बिज्ञप्ति मार्फत जनाएकी छन्।

उप-संयोजक प्रधानले महिला हिंसा निराकरण गर्नको लागि बिभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताउँदै पुन: अब २ बर्षका लागि आँफुलाई जिम्मेबारी दिन गैर आबासीयहरुलाई अपिल गरेकी छन्।

उनि गैर आवासीय नेपाली संघ राष्ट्रिय संमन्वय परिषद् बेल्जियमको सस्थापक सदस्य, महिला संयोजक, संरक्षरक तथा सल्लाहकार हुँदै हाल अन्तराष्ट्रिय महिला उप -संयोजकको भुमिकामा रही संघको अभियानमा निरन्तर सक्रिय रुपमा लाग्दै आएकी छन्।

यूरोपका बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा महिला फोरम गठन गर्न प्रधानको उल्लेखेनिय योगदान रहेको छ। यस्तै एक ब्यक्ति १ युरो को अभियान चलाएर महिलाहरुलाई सक्रिय बनाउँदै अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सुदुरपश्चिमको कैलाली, कञ्चनपुर तथा सप्तरीको बोडे बर्साइमा रहेका आङ्ग खस्ने समस्या भएका महिलाहरुलाई स्वास्थ्य परिक्षण एवम् शल्यक्रिया कार्यक्रम सम्पन्न गर्न प्रधानले बिशेष भूमिका निर्बाह गरेकी थिईन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?