+
+

मधेसका खसीबोका रोकिएपछि हिमालका च्याङरा ल्याइँदै

१८ असोज, काठमाडौं । तराई मधेसमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण यस वर्षको दशैंमा पर्याप्त खसी-बोका ल्याउन समस्या पर्ने भएको छ ।

खाद्य संस्थानले तराईमा संकलन प्रभावित भएकाले यसअघिको योजना अनुसार अब उल्लेख्य संख्यामा खसी-बोका काठमाडौं ल्याउन नसकिने बताएको छ । यसको विकल्पमा हिमालपारिको मुस्ताङबाट च्याङ्ग्राको संख्या थपेर काठमाडौं ल्याउने तयारी गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १८:४०

Goat

रविन्द्र घिमिरे

१८ असोज, काठमाडौं । तराई मधेसमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण यस वर्षको दशैंमा पर्याप्त खसी-बोका ल्याउन समस्या पर्ने भएको छ ।

खाद्य संस्थानले तराईमा संकलन प्रभावित भएकाले यसअघिको योजना अनुसार अब उल्लेख्य संख्यामा खसी-बोका काठमाडौं ल्याउन नसकिने बताएको छ । यसको विकल्पमा हिमालपारिको मुस्ताङबाट च्याङ्ग्राको संख्या थपेर काठमाडौं ल्याउने तयारी गरिएको छ ।

अहिले हटौंडामा मात्र खसी-बोकाको संकलन भइरहेकाले कति संख्यामा ल्याउन सकिन्छ भन्ने निक्र्यौैल नभएको खाद्य संस्थानका प्रवक्ता श्रीमणिराज खनालले बताए ।

‘नेपालगञ्ज, लाहान लगायतका क्षेत्रमा खसी-बोका संकलन सुरु हुन सकेको छैन ।’ प्रवक्ता खनालले भने, ‘अहिले खसी-बोका संकलनको काम हेटौंडामा मात्र भइरहेकाले लक्ष्यअनुसार खसी-बोका ल्याउन कठिन हुने देखिएको छ ।’

तराईको बन्द कहिले खुल्ने भन्ने पनि अनिश्चित भएकाले खसीबोका लक्ष्यअनुरुप ल्याउन समस्या परेको उनको भनाइ छ । संस्थानले यसवर्ष दशैंका लागि २५ सय खसीबोका ल्याउने तयारी गरेको थियो । अझै पनि १५ सय खसी-बोका ल्याउने संस्थानको योजना छ ।

च्याङ्ग्राको संख्या एकहजार पुर्‍याइने

संस्थानले तराईको समस्याले पर्याप्त खसी-बोका संकलन गर्न नसक्ने भएपछि च्याङ्ग्राको संख्या भने बढाउने भएको छ ।

संस्थानले यस वर्ष १ हजार च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । यसअघि ५ सयमात्रै खसी-बोका ल्याउने तयारी भए पनि तराईको अप्ठेरो स्थितिका कारण च्याङ्ग्रा धेरै ल्याउन लागिएको हो । संस्थानले च्याङ्ग्रा किन्न पनि सुरु गरिसकेको छ ।

मुस्ताङमा च्याङ्ग्रा खरिदका लागि संस्थानका अधिकारी पुगिसकेका प्रवक्ता खनालले बताए । ‘तराईको बन्द अझै केही दिन लम्बिने देखिएमा सम्भव भएसम्म च्याङ्ग्राको संख्या अझै बढाउँछौं, खनालले भने ‘हामीलाई तराईको बन्दले खसी-बोका संकलनमा अप्ठेरो भए पनि च्याङ्ग्रा धेरै ल्याउन प्रयत्न गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?