१८ असोज, काठमाडौं । तातोपानी नाका खोलेर चीन र नेपालबीच व्यापारी कारोवार सुचारु गर्न चिनियाँ अधिकारीहरु समक्ष एक संगठनले माग गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेतृत्वको एक प्रतिनिधिमण्डलले तातोपानी नाकास्थित मितेरीपुलमा पुगेर यस्तो माग गरेको हो ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा नेपाली र चिनियाँ झण्डा बोकेर मितेरीपुल पुगेका स्थानिय जनता सम्मिलित टोलीलाई चिनियाँ अधिकारीले स्वागत गरेका थिए ।
मोर्चाका तर्फबाट नेपालको राष्ट्रिय झन्डा चिनियाँ अधिकारीलाई उपहार दिएपछि चिनियाँ पक्षबाट पनि मोर्चाका अध्यक्षलाई चीनको राष्ट्रिय झन्डा उपहार दिइएको थियो ।
चिनियाँ अधिकारीहरुले नेपाली प्रतिनिधिमण्डलका माग आफ्नो सरकारसमक्ष पुर्याउने प्रतिवद्धता जनाएको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4