Comments Add Comment

रणबीरसँग काम गर्न गाह्रो भो कट्रिनालाई

katrina ranabirमुम्बई । कट्रिना कैफले प्रेमी भनेर  चिनिने रणबीर कपुरसँग काम गर्न गाह्रो भएको बताएकी छिन् ।

कट्रिनाको भनाई अनुसार कोही मान्छे अत्याधिक नजिक भयो भने पनि उसको अगाडी अभिनय गर्न गाह्रो हुन्छ । उनलाई पनि त्यस्तै भएको हो । रणबीर र कट्रिना वास्तवमै नजिक छन् अचेल ।

मुम्बईमा आयोजित एक प्रेश कन्फेरेन्समा रणबीरसाग काम गर्दाका अनभूति शेयर गर्दै कट्रिनाले भनिन् । ‘मलाई लाग्छ तपाई जसलाई नजिकवाट जान्नु हुन्छ उसँग काम गर्न निकै गार्‍हो हुन्छ मलाई यसपाली त्यस्तै भयो ।’

अनजान ब्यक्तिसंग काम गर्दा रमाईलो हुने धारणा राख्ने कट्रिनाले भनिन् ‘जब तपाईलाई कसैले धेरै चिनेको छ भने उसको अगाडी अभिनय गर्न गार्‍हो हुादो रहेछ ।

सन २०१० मा रिलिज भएको राजनितीपछि कट्रिना र रणबीर अहिले  अनुराग बासुको जग्गा जासुस्मा संगै देखिएका छन् ।

कट्रिनाले पहिलो पटक अनुराग बासुसाग काम गरेकी हुन् । रणबीरले यसअघि बर्फीमा काम गरिसकेका छन् । बासुको काम गर्ने तरिका अरुको भन्दा फरक भएको भन्दै कट्रिनाले काम गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।

जग्गा जासुस् एउटा कमेडी ड्रामा फिल्म हो भने सन २०१६ मा रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment