मुम्बई । वाथरुममा नुहाउँदै गरेको सेल्फी सार्वजनिक भएपछि चर्चामा आएकी राधिका आप्टेले अब सेक्सका लागि विवाह पर्खिने युवति नपाइने दाबी गरेकी छिन् ।
राधिकाले आम युवाहरुलाई उदार भावना राख्न आग्रह गर्दै भनेकी छिन् । ‘कोही पनि युवतिले अब सेक्सका लागि विवाह कुर्दैनन् भन्नेमा युवाहरु पनि सचेत हुन जरुरी छ ।’
नारीहरुले सती सावीत्रि बन्न जरुरी नरहेको तर्क गरेकी राधिका भन्छिन् ‘महीलाहरु सती सावीत्रि नै होउन् भनेर पुरुषहरुले सोच्न छाड्नुपर्छ ।’
चलचित्र ‘हण्टर’ मा उनले बोल्ड चरित्र निर्वाह गरेकी छिन् । यस फिल्ममा उनले एक युवकसंग रिलेशनमा रहेको र प्रेगनेन्ट भएपछि सम्बन्ध बिग्रेको अभिनय गरेकी छिन् । आफुले हण्टरमा निर्वाह गरेको चरित्र पनि आम युवाहरुको चरित्र भएको उनले दाबी गरिन् ।
वाथरुममा नुहाउँदै गरेको सेल्फी सार्वजनिक भए लगत्तै राधिकाले आफ्नो तस्विर कसैले लिक गरिदिएको प्रतिक्रिया दिएकी दिइन् । तर, कतिपयले चर्चामा आउनका लागि राधिका आफैंले गरेको पनि भने ।
उनका तस्विरका वारेमा जे जस्ता चर्चा चले पनि उनी अहिले बलिउडकी चर्चित नायिका हुन् । राधिकाल बदलापुर र हण्टर जस्ता फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी छिन् ।
प्रतिक्रिया 4