+
+
Shares

ऐश्वर्या तीन वर्षलाई प्याक

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १०:५५
ऐश्वर्या राय
ऐश्वर्या राय

मुम्बई । सञ्जय गुप्ता निर्देशित चलचित्र ‘जज्बा’ रिलिजपछि ऐश्वर्या रायको फिल्मी भविष्य निर्धारण हुने भएको छ । तर, उनले अभिनय गरेको एउटा फिल्म रिलिज नहुँदै मणीरत्नम र सुजाय घोषको चलचित्रमा अनुवन्ध भइसकेकी छिन् । अरु चारवटा चलचित्रमा पनि कामका लागि कुरा भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

‘ऐश्वर्यासँग काम गर्न चाहने निर्देशकले अब तीन वर्ष पर्खिनुपर्ने छ । उनको तीन वर्षको समय बुक भइसकेको छ ।’ एक भारतीय अनलाइनले उल्लेख गरेको छ ।

ऐश्वर्या अब चाँडैनै करण जौहरको फिल्म सुटिङमा सहभागी हुने भएकी छिन् । करणको फिल्ममा ऐश्वर्या, रणबीर कपुर र अनुश्का शर्माले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

सुजाय घोषसंग पनि नयाँ फिल्ममा काम गर्ने विषयमा कुरा हुँदै गरेको ऐश्वर्याले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?