+
+
Shares

‘नजिता’को नतिजा कुर्दै हर्षिका र सोहित

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते ११:४४

natija-photo
लामो समयदेखि मिति तोकेर पनि बारम्बार पछि सारिएको चलचित्र ‘नतिजा’ शुक्रबारबाट हलमा लाग्दैछ । काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा मात्र यो चलचित्रले हल पाउनेछ । सपना श्रेष्ठको प्रस्तुतीमा शक्ती पण्डितले यो चलचित्रलाई बनाएका हुन् ।

कुनै समय सेन्सरको लफडामा परेको यो चलचित्र यसपछि भने प्रदर्शन मिति नपाएर पछि सर्‍यो । प्रमोद भण्डारीले निर्देशन गरेको यो चलचित्रले चेलिबेटी बेचविखनदेखि प्रेमको कुरालाई गहन तरिकाले उठान गरेको छ ।

चलचित्रमा सोहित मानन्धर र हर्षिका श्रेष्ठ मुख्य भूमिकामा छन् । सफल चलचित्र दिन नसकेकी हर्षिका लागि यो चलचित्र विशेष छ । तर, यो चलचित्रका लागि उनले खासै समय र ध्यान दिएको पाइदैन ।

मोफसलमा भने चलचित्र केही समयपछि मात्र प्रदर्शनमा आउनेछ । चलचित्रमा समावेश एक गीतमा सोहित र हषिर्काले दिएको हट दृश्य चर्चामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?