+
+

बेलायतका नयाँ राजदूतमा मोरिस नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २० गते १२:०३

Richard Morris२० असोज, काठमाडौं । नेपालका लागि बेलायतका नयाँ राजदूतमा रिचार्ड मोरिस नियुक्त भएका छन् ।

हालका राजदूत एन्ड्रयू स्पार्क्सले कूटनीतिक सेवाबाट अवकास लिएपछि मोरिस नियुक्त भएका हुन् ।

उनले आगामी नोभेम्बरबाट आफ्नो जिम्मेवारी सम्हाल्ने काठमाडौंस्थित बेलायती दूताबासले जनाएको छ ।

सन् १९९० मा कूटनीतिक सेवामा प्रवेश गरेका मोरिस नेपालका लागि राजदूत नियुक्त हुनु अघि प्यासिफिक डिपाटमेन्ट प्रमुख थिए । उनले यसअघि मक्सिकोमा मिसन उपप्रमुख र अष्ट्रेलियामा बाणिज्य दूतको रुपमा काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?