बलिउडमा बर्षमा बन्ने केही सेक्स केन्द्रित चलचित्रका दृश्यहरु खुबै भल्गर हुन्छन् । यसमा पर्छ, ‘हेट स्टोरी’को सिरिज ।
यसको तेश्रो सिरिजको अहिले धमाधम छायांकन पनि भैरहेको छ । यो चलचित्रमा नायक शरमन जोशी र नायिका जरिन खानविच एक अन्तरंग दृश्य समावेश छ । यो दृश्य खिच्नका लागि निर्देशकले अनौठो शैली अपनाएका छन् ।
यो दृश्यमा चलकेटको भरपुर प्रयोग गरिएको छ । दुबै कलाकारले यो कामुक दृश्यका लागि चकलेट खाएका छन् । दुबैले चकलेटसँग हट दृश्य दिएको भारतीय संचारमाध्यमको दाबी छ ।
यो दृश्य खिच्नका लागि त्यती सजिलो भने भएन । छायांकनका क्रममा प्रयोग हुने लाइटका कारण चलकेट बारम्बार पग्लिएको थियो । मेकअप आर्टिस्टले गर्मीका कारण नायक र नायिकाको अनुहारमा बारम्बार चकलेट लगाइदिएका थिए ।
‘हेट स्टोरी’को अघिल्ला २ सिरिजमा पनि बहुतै कामुक दृश्य समावेश गरिएको थियो । अब नायिका जरिन खानले पनि करिअर बचाउनका लागि हट शैली अपनाएको देखिन्छ ।
प्रतिक्रिया 4