Comments Add Comment

‘अखण्ड नेपाल’ भन्दै बैङलोरमा नेपाली विद्यार्थीको कन्सर्ट

bamglor-3

मुम्बई । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाईरहेको बेलामा बैङलोरमा बस्ने नेपालीहरुले भारतको बेलौरमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

‘आपसी सहयोग, सदभाब अनि राष्ट्रियता प्रबासमा हाम्रो बिद्यार्थी एकता’ भन्ने मुल नारालाई आत्मसाथ भन्दै भारतको बेलौरमा नेपाली विद्यार्थीले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘नमस्ते नेपाल बेङ्लोर’ नामक समुहले आयोजना गरेको ‘अखण्ड नेपाल म्यूजीकल कन्सर्ट २०१५’ मा नेपालका ख्याती प्राप्त ब्याण्ड रविन यान न्यू रिभोलुसन, द एक्स अनी सिवोडीले बेङ्लोरमा बस्ने नेपालीहरुविच कार्यक्रम प्रस्तुत गरेको थियो ।

रेभा युनिभर्सिटीको प्राङगणमा आयोजित उक्त कार्यक्रममा कोशीस छेत्रीले सोलो गीत प्रस्तुत गरेका थिए । हाम्रो देश सिमित राजनितिक स्वार्थमा बाँडिए पनि हाम्रो मन बाँडिएको छैन भन्ने सन्देश नेपाली कलाकारले दिएका थिए ।

हाम्रो देश अखण्ड छ भन्ने सन्देश प्रबाह गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरीएको थियो । उक्त कार्यक्रमना बेङलोरमा बस्ने नेपालीहरु विद्यार्थीको पनि प्रस्तुती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment