बलिउड नायक अमिताभ बच्चनले मुम्बईको सञ्जय गान्धी नेशनल पार्कमा जंगल सफारी गर्दा अद्भुत खुसी मिलेको बताएका छन् ।
अमिताभ केही मन्त्री एवं राजनीतिज्ञसँग जंगल सफारीमा गएका थिए । उनको समुहले केबल बाघलाई देखेनन् मात्रै एउटा वाघले चार किलोमिटर पिछा गरिरह्यो । अमिताभ महाराष्ट्रको बाघ बचाओ अभियानका सद्भावना दुत पनि हुन् ।
जंलग सफारीलाई अद्भुत सफारी भन्दै अमिताभले भनेका छन्-‘बाघ बचाउने सद्भावना दुत बनेर मुल्यवान काम गरेको महसुस् गरे ।’
बिगत ६५ वर्षदेखि मुम्बईमा बस्दै आएको जानकारी दिदै उनले पहिलो पटक बाघसँग साक्षात्कार गरेको बताए । ‘शहरको विचमा नेशनल पार्क भयो भने चमत्कारै हुन्छ । हामीले यो अभियानलाई बचाउनुपर्छ ।’ उनले भनेका छन् ।
अमिताभले ट्विट गर्दै भनेका छन्-‘मलाई बाघले ४ किलोमिटर पिछा गर्यो ।’ उनले ट्विटरमा केही तस्बिर पनि पोष्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4