Comments Add Comment

यसरी बन्यौं हामी भारतसँग परनिर्भर

India-Nepal_trade

नविन अर्याल

२२ असोज, काठमाडौं । राणाकालीन समयमा भारतसँग नेपालको व्यापार नाफामा हुने गथ्र्यो । त्यतिबेला भारतबाट आयात गरिने वस्तुभन्दा निर्यात गरिएको वस्तुहरु दोब्बर बढी हुन्थ्यो । तर, अहिले भारतसँगको व्यापार चिन्ताजनक छ ।

राणाकालमा भारततर्फ दुईगुना बढी वस्तुहरु निर्यात गर्ने मुलुक गणतन्त्रसम्म आइपुग्दा ९ गुना बढी आयात गर्ने बनेको छ । राणाकालदेखि गणतन्त्रसम्मको यात्रा गर्दा भारतसँगको व्यापार ठीक उल्टो भएको छ ।

आर्थिक वर्ष १९७०/०७१ मा भारतबाट २ करोड ४ लाख ८० हजारको सामान आयात भएको थियो भने ४ करोड २४ लाख ९५ हजार रुपैयाँको सामान निर्यात भएको थियो । गत आर्थिक वर्षमा ५ खर्ब रुपैयाँको सामान आयात हुँदा ५५ अर्ब रुपैयाँको सामान निर्यात भएको छ ।

त्यतिबेला भारतसँग २ करोड २० लाख १५ हजार रुपैयाँ व्यापार नाफा भएको देखिन्छ । तर, पछिल्लो आर्थिक वर्षमा ४ खर्ब ४४ अर्ब रुपैयाँ व्यापार घाटा सहनुपरेको छ ।

राणाकालमा नेपालबाट ठूलो परिमाणमा धान चामल भारतमा निर्यात हुन्थ्यो । व्यापार सन्तुलनको प्रमुख स्रोतका रुपमा धान चामल निर्यात थियो । आर्थिक वर्ष १९७०/०७१ र १९७७/०७८ मा नेपालबाट भारततर्फ निर्यात हुनेमा सबैभन्दा बढी धान चामल रहेको देखिन्छ ।
Import Export and trade dificit

राणाकालको दुई आर्थिक वर्षमा क्रमशः १ करोड ५९ लाख ३६ हजार रुपैयाँ र १ करोड ९२ लाख १४ हजार रुपैयाँको चामल निर्यात भएको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का वरिष्ठ अधिकृत कृष्णराज बजगाईंका अनुसार सन् १९७० को दशकसम्म नेपाल धान चामल निर्यातमा विश्वकै चौथो मुलुक रहेको थियो । तर, गएको आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको चामल भारतबाट आयात भएको छ ।

व्यापार विज्ञहरुका अनुसार प्रजातन्त्रको उदयसँगै मुलुकको भारतसँग व्यापार हुन थालेको हो । ०४० सालसम्म चामलको निर्यात उच्च रहे पनि आयातीत वस्तुहरुको परिमाण बढ्न थालेपछि व्यापार घाटा हुन थालेको बताइन्छ ।

राणाकालमा भारतमा चामल निर्यात बढी हुन्थ्यो भने कपासका सामानहरु, नुन, चिनी, मरमसला लगायतका वस्तुहरुको आयात उच्च हुन्थ्यो । अहिले सवारी साधन, पेट्रोलियम, फलाम तथा स्टीलजन्य वस्तुहरु, चामल, कृषि उत्पादनलगायतका वस्तुहरुको आयात उच्च रहेको छ ।

‘राणा तथा पञ्चायतकालमा गाउँमा मात्र नभई शहरमा समेत आयातीत वस्तुको प्रयोग निकै कम हुन्थ्यो, अहिले ग्रामीण क्षेत्रमा समेत आयातीत वस्तुको अधिक प्रयोग हुन थालेको छ’ पूर्वअर्थसचिव रामेश्वर खनालले भने- ‘मानिसको जीवनस्तरमा भएको परिवर्तनले आयात बढाउने काम गरेको हो ।’

159 yrs ago Trade with India (1)

राणा तथा पञ्चायतमा मानिसको जीवनस्तर र अहिलेको जीवनस्तरको तुलना गर्न मिल्दैन । त्यतिबेला शहरका मानिस पनि दाउरामा पकाएर खान्थे, अहिले गाउँका मानिस पनि ग्यासमा पकाएर खान थालेका छन् । धेरैजसो कुरामा मानिसको रुची र आवश्यकता परिवर्तन भएको छ ।

मानिसको इच्छा आंकाक्षामा भएको परिवर्तनसँगै मुलुकमा औद्योगिक विकास हुन नसक्दा हामी आयातित वस्तुमा भर पर्नुपरेको हो । यस्तो बेलामा तेस्रो मुलुकबाट सामान आयात गर्नुभन्दा भारतबाट सामान आयात गर्दा सस्तो पर्ने हुँदा अधिकांश सामानहरु भारतबाट ल्याउन थालियो ।

भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमयदरका कारण डलरको भाउ बढ्दा पनि भारतीय समानहरु नेेपाल ल्याउँदा सस्तो पर्छन् । यसले पनि भारतबाट बढी सामान आयात गरिएको हो ।

गत आर्थिक वर्षमा कुल आयातको ६३.७ प्रतिशत सामान भारतबाट आयात भएको छ । ‘तेस्रो मुलुकबाट गाडी आयात गर्दा महंगो पर्छ, भारतमा निर्मित गाडी आयात गर्दा सस्तो पर्छन्’ पूर्वसचिव खनालले भने- ‘त्यही भएर हामी तेस्रो मुलुकबाट भन्दा पनि भारतबाट सामान आयात गर्न आकषिर्त भयौं ।’

unnamed2
आर्थिक वर्ष २०७१/०७२ को आयात निर्यात

राणाकालमा आयात हुने सामानभन्दा निर्यात हुने सामान बढी हुन्थे । अहिले निर्यात हुनेभन्दा आयात हुने सामान बढी हुन्छन् । मुलुकमा औद्योगिक विकास हुन नसक्दा पनि भारतसँग बढी भर पर्नु परेको टीइपीसीका बरिष्ठ अधिकृत बजगाईं बताउँछन् ।

मुलुकमा केही उद्योगहरु खुलेपनि अधिकांश आयातीत कच्चा पदार्थमा भर पर्नुपर्छ । यी उद्योगहरुले निर्यातभन्दा पनि आयात व्यापारलाई बढाउने काम गरे । नेपालमा निर्यात गर्ने ठूला उद्योगहरु नगन्य मात्रामा रहेका छन् ।

‘बहुदलीय व्यवस्था आउनु अगाडि पञ्चायतहरुले मुलुकमा औद्योगिक विकास गर्न चाहेनन’ पूर्वसचिव खनालले भने- ‘जब २०४६/०४७ जनआन्दोलनपछि बहुदलीय व्यवस्था आयो, मुलुकले आर्थिक उदारीकरणको बाटो अंगाल्यो, त्यहि बेलामा माओवादी जनयुद्ध सुरु भयो र मुलुक द्धन्द्धको चपेटामा फस्यो ।’

मुलुकमा उद्योगै नखुलेका भने होइनन् । केही उद्योगहरु यस्ता छन्, जसले आयात प्रतिस्थापन गर्न सफल भएका छन् । राणा तथा पञ्चायतकालमा उच्च परिमाणमा आयात हुने चिनीमा भने नेपाल करिव-करिव आत्मनिर्भर भइसकेको छ । सिमेन्टमा पनि नेपाल आत्मनिर्भरको बाटोतर्फ लम्किरहेको छ ।

राणा तथा पञ्चायतकालमा विलासी वस्तुहरुको आयात निकै कम हुन्थ्यो । पछिल्लो समय मुलुकमा विलासी वस्तुहरुको आयात बढीरहेको छ । सन् २००४ सालमा मुलुक विश्व व्यापार संगठनको सदस्य भएपछि मुलुकको व्यापार घाटा झनै उच्च भएको छ ।Import-from-India

नेपालले कृषि, जडिबुटी तथा उर्जा क्षेत्रको विकास गरेर निर्यात गर्ने सम्भावना रहँदा रहँदै पनि आन्तरिक द्धन्द्धका कारण असफल भएको छ । ‘यदी अहिले नेपालले भारततर्फ विद्युत निर्यात गरेको हुन्थ्यो भने अहिले भारतले नाकाबन्दी गर्न पनि हिम्मत गर्ने थिएन’ पूर्वसचिव खनालले भने- ‘हामीले सम्भावना भएको क्षेत्रमा पनि विकास गर्न सकेनौं, बरु उल्टै आयात गरेर व्यापार घाटालाई पश्रय दिने काम गर्‍याैं ।’

नेपाली नदी नालाबाट ८३ हजार मेगावाट विद्युत उत्पादन क्षमता भएपनि अहिलेसम्म ७ सय मेगावाटको हाराहारीमा मात्र विद्युत उत्पादन भएको छ । उर्जामा पनि हामी भारतसँग निर्भर रहनु परेको तीतो यथार्थले नाकाबन्दी सम्मको अवस्था पैदा भएको जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment