+
+
Shares

जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समिति बैठक, प्रधानमन्त्रीसँग छलफल गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:००

काठमाडौं । जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न थालेको छ । आज राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।

सिंहदरवारमा जारी बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरु र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो ।

तर सांसदहरुले जेनजी आन्दोलन स्मरण गरेका छन् । प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग उनीहरुले गरेका छन् । विकासको योजना काटिएको विषयमा समेत छलफल आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राष्ट्रिय सभा सदस्यहरु जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामी लगायतले सरकारसँग छलफल आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, गरौं,’ साम्सद शर्माले भनेका छन् ।

समिति सभापति सोनाम गेल्जेन शेर्पाले त्यसमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?