+
+
Shares

मधेसको आन्दोलनमा पहाडी समुदायको समर्थन

२३ असोज, वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेका पहाडी समुदायले पनि मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै जुलुसमा सहभागिता जनाएका छन् ।

आन्दोलन र नाकाबन्दीमा बसेका मधेसवादी आन्दोलनकारीहरुलाई सहयोग र समर्थन गर्नका लागि हजारौंको संख्यामा जम्मा भएका स्थानीय पहाडी समुदायका अगुवाहरुले शनिबार ऐक्यवद्धता जनाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते १७:१४

Brigung-Protest-2

अमित अग्रवाल

२३ असोज, वीरगञ्ज । पर्साको वीरगञ्जमा रहेका पहाडी समुदायले पनि मधेस आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै जुलुसमा सहभागिता जनाएका छन् ।

आन्दोलन र नाकाबन्दीमा बसेका मधेसवादी आन्दोलनकारीहरुलाई सहयोग र समर्थन गर्नका लागि हजारौंको संख्यामा जम्मा भएका स्थानीय पहाडी समुदायका अगुवाहरुले शनिबार ऐक्यवद्धता जनाएका हुन् ।

वीरगञ्जका स्थानीय पहाडी सामाजिक कार्यकर्ता दीपक शाक्यले भने- हामी शुरुदेखि नै मधेस आन्दोलनप्रति ऐक्यवद्ध छौं, आज हामी फेरि ठूलो पहाडी समुदायको नेतृत्वमा जुलुस निकालेर जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छौं ।’

अहिले जारी मधेस आन्दोलनलाई केवल मधेसीको मात्रै आन्दोलन भनेर प्रचार भइरहेको भन्दै शाक्यले यो आन्दोलन मधेसमा बस्ने पहाडी समुदाय, मारवाडी समुदाय र मुस्लिम समुदायको समेत भएको बताए ।

Brigung-Protest-1

साथै केही तत्वहरुले बर्षौंदेखि सँगै मिलेर बस्दै आएका मधेसी र पहाडी समुदायबीच फाटो ल्याएर समाजिक सदभाव बिगार्ने काम गरिरहेकाले त्यसलाई परास्त गर्न आफूहरुले मधेसी-पहाडीवीच भाइचारा सम्बन्ध कायम गरेको शाक्यले बताए । उनले भने- हामी पहाडी समुदाय पनि आन्दोलनमा रहेका मधेसी दाजुभाइका लागि आवश्यक खाने कुरा जम्मा पारेर आन्दोलनस्थल मितेरी पुल जाँदैछौं ।’

शनिबार बिहानैदेखि बाजागाजा, झाँकीसहित पर्सा र बाराका गाउँ गाउँबाट टयाक्टर, मोटरसाइकल, टेम्पो, बसलगायतका विभिन्न सवारी साधनमा आएका प्रदर्शनकारीहरु वीरगञ्ज नगर परिक्रमा गर्दै दशगजा क्षेत्रको मितेरी पुलमा पुगेर धर्नामा सहभागी भएका छन् ।

Brigung-Protest

प्रदर्शनमा वीरगञ्जका विभिन्न वडाका स्थानीयवासीहरुको सहभागिता रहेको छ । त्यस्तै पर्साको प्रसौनी विर्ता, इनर्वा मनियारी जगरनाथपुर, अलौं, लालपर्सा, बाराको बहुवरी नौतन, गञ्जभवानीपुर, सिम्रनगौढ, मोतिसर लगायतको जुलुसमा पहाडे समुदायको पनि सहभागिता रहेको छ । उनीहरु वीरगञ्जबाट रक्सौलको दशगजा क्षेत्रमा रहेको मितेरी पुल पुगेर धर्नामा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?