+
+
Shares

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिने र सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
  • सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो।
  • रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले कार्यव्यवस्थाको संख्याबारे दलभित्र थप सल्लाह आवश्यक रहेको बताए।

१८ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।

छलफलमा भएका विषयबारे जानकारी गराउँदै रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले शीर्ष नेताहरूले शुभकामना दिनेबारे पनि छलफल भएको बताए ।

‘पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने कुरा छ । त्यसमा समय निर्धारण गरेर अघि बढ्ने भन्ने कुरा छ,’ उनले भने ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले पनि दलका नेताहरूबाट सम्बोधन हुने बताए ।

‘भोलि पहिलो अधिवेशनको शभारम्भ हो । त्यसमा दलहरूको तर्फबाट मन्तव्य र शुभकामना रहने,’ उनले भने ।

कार्यव्यवस्थाको संख्याबारे भने सल्लाह गर्नुपर्ने सांसद बुर्लाकोटीले बताए ।

‘रास्वपाको संख्या अलि ठूलो भएको र अरु दलका प्रतिनिधि पनि अटाउन पाए हुन्थ्यो भन्ने भएपछि हामीले पनि दलमा छलफल गर्नुपर्ने भयो,’ बुर्लाकोटीले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?