Comments Add Comment

यस्तो छ मालाको सेक्सी नृत्य भएको ‘झकास झापाली’

jhakas-jhpaali

नवोदित नायिका माला लिम्बुको सेक्सी फिगर हेरेर मनोरञ्जन लिनेहरुका लागि फेरि एउटा खुराक थपिएको छ । चलचित्र ‘रातो घर’मा मालाले झकास आईटम डान्स गरेकी छिन् । जुन भिडियो अहिले युटुववाट सार्वजनिक भएको छ ।

सुरज सुब्बा ‘नाल्बो’ निर्देशित उक्त चलचित्रमा ‘झकास झापाली’ बोलको गीतमा मालाको उत्तेजक डान्से छ । पछिल्लो समय माला नृत्यकै कारण चर्चामा छिन् । उक्त चलचित्रमा विल्सन विक्रम राई, मेनुका प्रधान, संयम पुरी, गौरव पहाडी लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् ।

महेश खड्काको शब्द र एवं संगीत रहेको गीतमा शशी रावलको स्वर छ । यो चलचित्रले लागूपदार्थ दुव्र्यसनिको कथालाई उठान गरेको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । निरन्तर असफल चलचित्र बजारमा आएकाले पनि निर्देशक नाल्बोका लागि यो चलचित्र विशेष छ । उनले यो चलचित्रमा आफूले सक्दो मिहिनेत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment