+
+

मधेसी मोर्चाका आन्दोलनकारीलाई रक्सौलमा भोज

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १८:१५

Birganj-Pradarshan

२४ असोज, वीरगञ्ज । मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै छिमेकी देश भारतको रक्सौलबासीले खानाको व्यवस्था गरेका छन् । रक्सौलका उद्योगपति महेश अग्रवाललाई आईतबार भ्याइ-नभ्याइ थियो । उनी स्थानीयहरुको सहयोगमा बिहानको खानाको लागि चाहिने समानहरुको जोहो मिलाउँदै थिए । समय समयमा जुलुसमा आएका नेपालका आन्दोलनकारीहरु खाना खान नछुटुन् भनेर सूचित पनि गर्दै थिए ।

‘सीमावर्ती क्षेत्रमा रोटीबेटीको सम्बन्ध छ,’ उनले भने, ‘हामी कहाँ आएका पाहुनाहरुलाई सेवा गरेका छौं । सीमामा आन्दोलन चलेसम्म मेस चलाइराख्छौं ।’

नेपालको प्रमुख आयात निर्यात केन्द्र बीरगञ्ज भन्सार नाका ठप्प पार्न दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा धर्नामा बसेका मोर्चाका नेता तथा कार्यकर्ताहरुका लागि भारतीयहरुले विगत १८ दिनदेखि चन्दा उठाएर खानाको मेस सञ्चालन गरेका छन् । सो मेसमा आन्दोलनकारी नेता-कार्यकर्ताहरु सबैले सँगै खाने गरेका छन् । बिहान र बेलुकी गरी दैनिक करिब ५० हजारभन्दा बढी आन्दोलनकारीलाई भारतीय नागरिकहरुले खाना खुवाउने गरेका छन् ।

मधेस आन्दोलनप्रति छिमेकी देश भारत रक्सौलका जनताको पूर्णरुपमा सहयोग पाएको मधेसी मोर्चाका नेता शिव पटेलले बताए ।

मधेसी मोर्चाका अर्का नेता शशी कपुर मियाले भारतसँग आफूहरुको रोटी-बेटीको सम्वन्ध भएकाले आन्दोलनलाई पूर्णरुपमा समर्थन जनाउँदै गाँस-बाँसको व्यवस्था मिलाएको जानकारी दिए ।

आन्दोलनको ५८ औं दिन

Birganj-Pradarshan-1संविधान निर्माणप्रति असहमति जनाउँदै मधेसी मोर्चाले सुरु गरेको अनिश्चितकालीन तराई-मधेस बन्दको कार्यक्रम आइतबार ५८ औं दिन पुगेको छ । यसैगरी नेपाल-भारत सीमा क्षेत्रमा नाकाबन्दी गरेको १८ औं दिन पुगेको छ ।

आन्दोलन थालेको झण्डै दुई महिना पुग्न लाग्दासमेत सरकारले माग सम्वोधन नगरेको विरोधमा आन्दोलनकारीले पर्साको वीरगञ्जमा आइतबार विशाल जनप्रदर्शन गरेका छन् । आन्दोलनमा सहभागी हुन गाउँ-गाउँबाट कार्यकर्ताहरु पर्सा सदरमुकाम वीरगञ्जमा भेला भएका छन् । उनीहरुलाई ओसार्न ट्याक्टर, टाँगा, साइकल, मोटरसाइकल, टेम्पो, बस, ट्रक लगायतका सवारी साधन प्रयोग गरिएको थियो ।

प्रदर्शनमा सहभागीहरुले ‘मधेसमा बस्ने हामी सबै एक छौं, ‘मधेसको माग पूरा गर’, ‘प्रहरी दमन बन्द गर’ जस्ता नाराहरु लगाएका थिए । बिभिन्न बाजागाजा र झाँकीसहित प्रदर्शन गरिएको थियो । आसराङ नाच, बाजागाजा, घोडा दौड, झाँकी, नाचगानसमेत गरेका उनीहरुले प्रमुख ३ दलका नेताहरुको सांकेतिक शवयात्रा समेत निकालेका छन् ।

– अमित अग्रवालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?