+
+

भैरहवा नाका खुल्यो, ग्यास र तेल भित्रिने क्रम जारी

२५ असोज, भैरहवा । रुपन्देहीको बलेहिया (भैरहवा) नाकाबाट तेल र ग्यासका ट्यांकरसहित मालवाहक सवारी साधनहरु भित्रिरहेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानामा अवरोध गर्न नसकेपछि र रुपन्देहीको प्रशासनले भारतीय प्रशासनलाई सुरक्षाको प्रत्याभूति दिलाएपछि मालवाहक सवारी साधनहरु भित्रिरहेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १५:१८

Bhairahawa-Naka,-LP-Gas

सलमान खान
२५ असोज, भैरहवा । रुपन्देहीको बलेहिया (भैरहवा) नाकाबाट तेल र ग्यासका ट्यांकरसहित मालवाहक सवारी साधनहरु भित्रिरहेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानामा अवरोध गर्न नसकेपछि र रुपन्देहीको प्रशासनले भारतीय प्रशासनलाई सुरक्षाको प्रत्याभूति दिलाएपछि मालवाहक सवारी साधनहरु भित्रिरहेका हुन् ।

भारतबाट साढे दुई बजेसम्म एउटा तेलको ट्यांकर, खाना पकाउने ग्यासका २ वटा बुलेट र ५० वटा विभिन्न सामाग्रीका मालवाहक सवारी साधनहरु मुलुकमा भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । भारतबाट मालवाहक सवारीहरु भित्रिने क्रम जारी नै रहेको छ ।

Bhairahawa-Naka,-Petrol

गत असोज १८ गते सीमानामा प्रहरी र आन्दोलनकारी बीच झडप भएपछि नाका ठप्प भएको थियो ।

नेपालमा केपी ओली प्रधानमन्त्री भएपछि भारतबाट मंगलबार आइरहेका मालवाहक सवारी साधनहरु विगतमा झै निर्वाध रुपमा नेपाल भित्रिने हुन् की होइनन् भन्ने आशंका भने कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?