+
+

धरानमा व्यावसायिक प्याराग्लाइडिङ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १७:४४

Dhankuta Paraglading

२५ असोज, काठमाडौं । धरानमा व्यवसायीक रुपमा प्याराग्लाइडिङ उडान सुरु भएको छ । ‘धरान स्काई एड्भेन्चर प्रालिले आइतबारदेखि धरान भेडेटारस्थित छोटिमोरङबाट धरान नयाँ बस्तीसम्म उडान सुरु गरेको हो ।

धरानका स्थानीय युवाहरु रोशन अधिकारी र निर्मल आचार्यले प्याराग्लाइडिङ सुरु गरेका हुन् । नेपाल एयर स्पोर्टस् एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सोभित बानियाँले प्याराग्लाइडिङको औपचारिक सुरुवात गरे ।

पोखरामा प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका उनले भने ‘पहिला हामीले सुरु गर्दा नेपालीहरु डराउँथे, अहिले नेपालमै एड्भेन्चर टुरिजमको सम्भावना बढेको छ । पूर्वले पनि चाँडै बजार लिन्छ भन्ने विश्वास छ ।’

६ वटा टेन्डम उडाउने अनुमति लिएको प्रालिले तत्काल ५ वटा टेन्डम उडाइरहेको छ । हाल ५ हजार रुपैयाँमा करिब २५ मिनेट उडाउने गरिएको छ । पोखराबाट आएका लाइसेन्स प्राप्त पाइलटहरुले उडाएहेका छन् ।

उडानका क्रममा धरानको ७० प्रतिशत भागसँगै इटहरी र तराईको समथर फाँटको दृष्यावलोकन गर्न सकिने पाईलट प्रेम खत्रीले बताए । उनका अनुसार धरानमा दृष्यावलोकन राम्रोसँग गर्न सकिन्छ । सञ्चालक रोशन अधिकारी भन्छन् ‘प्याराग्लाईडिङसँगै घोड सवारी सुरु गरेका छौं, अब बञ्जि जम्प सञ्चालन गर्ने तयारी गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?