+

पेलेले भने-रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट

२०७२ असोज  २६ गते १२:५३ २०७२ असोज २६ गते १२:५३
पेलेले भने-रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट

SPT_GCK_220506_Football world cupPicture Graham ChadwickPele
२६ असोज, काठमाडौं । ब्राजिलियन लेजेन्ड पेलेले आफू फिफाको अध्यक्ष बन्ने सम्भावना अस्वीकार गरेका छन् । साथै उनले नेयमार र रोनाल्डोभन्दा अर्जेन्टिनी स्टार लिओनल मेस्सी उत्कृष्ट रहेको समेत बताएका छन् ।

भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलानमा पछिल्लो दशकमा मेस्सी उत्कृष्ट फुटबलर भएको बताए ।

फरक जेनेरेशनका खेलाडीहरुको तुलना गर्नु गाह्रो काम भएको भन्दै पेलेलले भने, तर, पछिल्लो १० वर्षमा मेस्सी उत्कृष्ट छन् । रोनाल्डो फवार्डमा खेल्छन् र गोल गर्न प्रयास गर्छन् । तर, मेस्सीले फरक स्टाइलमा खेल्छन् ।’

साथै उनले ब्राजिलियन कप्तान नेयमारको पनि भविश्य राम्रो भएको बताएका छन् ।

सेप ब्लाटरलाई विस्थापित गर्दै फिफा अध्यक्ष बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा ब्राजिलियन जेलेन्ड पेलेेले त्यो पदमा पुग्ने कुनै इच्छा नभएको बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय