मुम्बई । अभिनेता जोन अब्राहम हिन्दी फिल्म ‘फोर्स-२’ को सुटिङको क्रममा घाईते भएका छन् । द्धन्द्धको दृष्यमा अभिनय गर्ने क्रममा जोनको दाँया खुट्टा फ्याक्चर भएको थियो । तत्कालै उनको अप्रेशन गरिएको थियो ।
जोन घाईते भएको सन्देश फेशबुकवाट सार्वजनिक भएपछि उनको स्वास्थ्यलाभको कामना गर्दै फ्यानहरुले स्टाटस पोष्ट गरेका छन् । जोनले लेखेका छन् ‘शुभकामनाका लागि धन्यवाद । आशा छ म चाँडै सेटमा फर्किन्छु ।’
केही दिनदेखि जोन ‘फोर्स-२’ को सुटिङमा ब्यस्त थिए । अहिले स्वास्थ्यलाभ गरिरहेका जोन सक्दो चाँडो सुटिङमा फर्किने तयारीमा छन् । किनकी जोनको अरु कुनै फिल्म छैन अहिले ।
यस फिल्ममा जोनको साथमा सोनाक्षी सिन्हा, ताहिरराज भसीनको पनि मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन अभिनय देबले गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4