+
+
Shares

राजेशपायलको दसैं युरोपमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ३० गते ११:२१

rajesh-payal-rai

काठमाडौ । यसपालीको दसैं युरोपमा रहेका नेपालीको हातवाट टिका र जमरा लाएर मनाउने योजनामा छन् गायक राजेश पायल राई । उनले विदेशमा दसैं मनाएको यो नै पहिलो पटक होईन । बिगतमा पनि पटक-पटक विदेशमा बस्ने नेपालीहरुसंग दसैं मनाएका छन् ।

‘विगतको तुलनामा यो वर्षको दसैं अलि विषेश हुन्छ ।’ अनलाइनखबरसंग कुरा गर्दै राईले भने । यसैपाली देसले नयाँ संविधान पायो । पहिलो पटक मुलुकलमा महिला सभामुख भईन् । यो सन्देशले पनि विदेशमा बसेका धेरै नेपालीलाई खुसी बनाउने उनको भनाई थियो ।

यसपाली उनको युरोप टुर डेनमार्कवाट सुरु हुने भएको छ । त्यसपछि जर्मनी बेल्जियम लगायत बीस भन्दा बढी मुलुकमा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । सर्वाधिक चर्चामा रहेका गायक राई पछिल्लो समय सर्वाधिक गीत गाउने गायकको सुचीमा पर्छन् । चलचित्रदेखि सोलो एल्बमहरुमा समेत उनकै वर्चश्व कायम छ ।

सांगीतिक टुरकै शिलसिलमा विश्वका धेरै जसो मुलुक घुमी सकेका छन् उनले । युरोपका नेपालीहरुसंग एक महिना बढी बिताउने योजनामा रेहेका राई त्यसपछि भने नेपालमै हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?