कुबेत । कुबेतमा कार्यरत महिलाहरु आफ्नै सहकर्मी महिला साथीबाट नराम्रोसँग ठगिएका छन । कुबेतको नेसनल क्लिंग कम्पनीमा कार्यरत च्याङली ६ गोर्खाकी सीता खत्रीलेसँगै काम गर्ने साथीहरुको धन्नै ७ लाख रुपैया बराबरको नगद लिएर टाप कसिन् ।
कुबेतमा पहिला केटाहरुले मायाप्रीतिको नाममा महिला चेलीबेटीलाई झुटो आश्वासन दिई पैसा ठगेको घटना धेरै भएका थिए । तर महिलाले यति ठूलो रकम ठगि आफ्नै सहकर्मीहरुलाई रित्तै बनाएर फरार भएको खबरले भनि कुबेतबासी नेपाली चकित परेका छन् ।
विगत २ वर्ष देखि सहकर्मी साथीहरुको मासिक तलबलाई व्याजमा लगाइदिने बहानामा साथीहरुका पैसा फुत्काउने गरेकी सीताले बेला बेलामा साँवा व्याज बुझाउँदै पुनः पैसा लिँदै आएकोमा पछिल्लोपटक भने आफ्ना सहकर्मी साथीहरुको २१ सय कुवेती डिनार र २० ग्राम सुन लिएर सुटुक्क नेपाल गएको पीडितहरु बताउँछन् ।
सीताले सँगै कम्पनीमा कार्यरत सुष्मा सापकोटाको सबै भन्दा बढी १३ सय केडी र २० ग्राम सुन, सुनीता सार्कीको ४३५ केडी, बिमला खड्काको १५० केडी र माया लिम्बुको २०० केडि सहित करिब २१ सय केडी लिएर कुवेतबाट फरार भएको पीडितहरू बताउँछन् ।
पैसा लिएर केहि दिनदेखि सिता वेपत्ता भएपछि खोज तलास सोधपुछ गर्दा उनी नेपाल पुगेको पत्ता लागेको उनीहरुले बताए । नेपालमा सम्पर्क गर्न खोज्दा भाइवर, इमो, फेसबुक सबै ब्लक भएकोले सम्पर्क हुन नसकेको पीडितहरुले जानकारी गराए ।
सीता खत्रीले कुवेतबाटै दुवइको लागि भिसा प्रोसेस गरिरहेको र दुवइको भिसा झर्ने बित्तीकै कुवेतबाट भागेर नेपाल गई दुवइतिर लागेको हुन्सक्ने पीडितहरुको अनुमान छ ।
बर्षौदेखि कुवेतमा काम गर्दै आएका एकै कम्पनीका सहकर्मी साथी त्यसमा पनि महिला र नेपाली नै भएकाले सीतालाई बिश्वास गरि पीडितहरुले व्याज आउने आशामा कम्पनीको तलब तथा पार्टटाइमबाट कमाएको पैसा दिदै आएका थिए ।
बर्षौदेखि कमाएको पैसा सहकर्मीले ठगेर भागेपछि पीडितहरु न भोक न निन्द्रा चिन्तामा परेका छन । आखिर सहकर्मी साथीहरुले सीता खत्रीकोबारेमा आरोप लगाई सामाजिक संजाल र स्थानीय मिडियामा समाचार छाउदा समेत सम्पर्कमा नआउदा उनी कहाँ छिन्, के गर्दैछिन भन्ने झन् रहस्यमय बनेको छ ।
यसबारेमा नेपाली दूतावास कुवेतका द्वित्तीय सचिव अम्बिका जोशीसँग सोध्दा दूतावासमा यस विषयमा कुनै उजुरी परेको बारेमा आफूलाई थाहा नभएको बताए ।
प्रतिक्रिया 4