बलिउडमा छोटो समयमा नै चर्चामा रहन सफल नायिका हुन्, आलिया भट्ट । चलचित्रमा चुम्बन, बेडसिनदेखि विकिनी लगाउन समेत आलिया धक मान्दिनन् । उनै आलियाले भारतीय संचारमाध्यमसँग कुरा गर्दै बिकिनी सुहाएको खण्डमा सधै लगाउने बताएकी छिन् ।
‘सान्दार’को वारेमा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
‘सान्दार’ एउटा हाँसो खुसीवाला चलचित्र हो भन्ने लागेको छ । एउटा विवाहित जोडीको कथा हो भने यसमा पे्रमको प्रसंग पनि छ ।
चलचित्रमा तपाईले इन्सोमिनिया (निन्द्रा नलाग्ने बिरामी) को भुमिका निर्वाह गर्नु भएको छ हो ?
हो । यस चलचित्रमा मलाई र शाहिद कपुरलाई इन्सोमिनिया हुन्छ । चलचित्रमा मेरो नामै आलिया छ म रातभर जागै हुन्छ । त्यसकारण पढेर बस्छु ।
यस्तो समस्या भएको मान्छे तपाईले कहिल्यै भेट्नु भएको छ ?
मेरी बहिनी (शाहिन)लाई इन्सोमिनिया भएको थियो । उ बिहान ५ बजेसम्म पढेर र कम्युटरमा गेम खेलेर बस्थी ।
चलचित्रमा के के कुरा सानदार छ ?
शाहिद सानदार छन् । यो दुनियाँ सबै भन्दा सानदार छ । जीबनमा धेरै समस्याहरु आउन सक्छ । यस्ता समस्या आउँदा हामी भाग्न खोज्छौ । तर, यो चलचित्रले भन्छ जीबन सानदार ढंगले अगाडि बढाउनुपर्छ ।
स्टार बनेपछि त जहाँ पनि जान मिल्दैन, केही अप्ठयारो भएको छ ?
खै मैले त त्यस्तो अनुभव गरेको छैन । चार वर्षको उमेरदेखि मनले जे चाहन्छ त्यही गर्दै आएकी छु । मलाई पुरै स्वतन्त्रता छ । तर, जीबनको गती हल्का बद्लिएको छ ।
बिकिनिमा कत्तिको अप्ठयारो महसुस् गर्नुभयो ?
एकदमै सामान्य र सहज महशुश गरिरहेकी छु । निर्देशक विकासले पहिल्यै भनेका थिए ‘विकिनी लगाउनु पर्ने पनि हुनसक्छ है भनेर । त्यसैका लागि मैले निकै मेहनत पनि गरें । यदि बिकिनीमा राम्री देखिएँ भने लगाईरहन्छु ।
शाहिदसँग काम गर्न कत्तिको गार्हो छ ?
शाहिद जस्तो अनुभवी अभिनेतासँग काम गर्न पाएकोमा म उत्साहित थिएँ । उहाँ अनुभवी भएपनि सुटिङमा नयाँ कलाकारको जस्तै ब्यबहार गर्नुहुन्थ्यो । निकै रमाइलो भयो ।
तपाईको नाम बेला बेलामा तपाईसँग काम गर्ने हिरोसँग जोडिन्छ । त्यो सुन्दा कस्तो लाग्छ ?
म यस्ता खबर सुन्छु र तर, चिन्ता लिन्न । मलाई लाग्छ नकारात्मक समाचार हाम्रा लागि आफैंमा महत्वपूर्ण हुन्छ पनि ।
असल जीन्दगीमा पनि तपाईलाई रातमा निन्द्रा नलागेको भए के गर्नुहुन्थ्यो ?
यस्ता कुराले बढी नै चिन्तित हुन्छु । किनकी मलाई निन्द्रा निकै प्यारो लाग्छ । मलाई सानैमा मेरी आमाले भन्नु भएको छ यदि निन्द्रा लागेन भने आँखा बन्द गर्नु निन्द्रा आउँछ । म त्यहि गर्छु ।
चलचित्रमा जस्तै तपाईको पनि बिबाहको कुरा सुनिएको छ नी के हो ?
यदि मेरो बिबाह भयो भने शान्दार ढंगले हुन्छ । तर, कहिले हुन्छ थाह छैन ।
शाहरुख खानसँगको चलचित्रको छायांकन कहिले सुरु हुन्छ ?
नोभेम्बरदेखि सुरु हुने कुरा छ ।
शाहरुखसँग पहिलो पटक कहाँ भेट भएको थियो ?
एकपटक भेटेको थिए सानैमा । नायिका बनेपछि पनि केही पटक भेटेकी छु ।
बायोपिक सिनेमा काम गर्न मन छ ?
म पाकिस्तानी गायिका नाजिया हसनको बायोपिक सिनेमामा काम गर्न चाहन्छु । किनकी उनको जिन्दगी निकै रोचक थियो र कम उमेरमै उनको मृत्यु भयो ।
प्रतिक्रिया 4