+
+

कुबेतको कानून तघारो भएपछि सात महिने छोरी अर्कैलार्इ उपहार

कुबेत । कुबेतमा एक नेपाली चेलीले आफ्नै कोखबाट जन्म दिएकी छोरी अर्कैलाई दिएर आफू कुबेत प्रहरी समक्ष पुगेकी छिन् । सात महिने दुधे बालिकालाई अर्काको जिम्मा लगाउदै आफू नेपाल फर्किने कानूनी प्रक्रिया पूरा गर्न प्रहरी कार्यालय पुगेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ११:१६

नबराज पन्थी

कुबेत । कुबेतमा एक नेपाली चेलीले आफ्नै कोखबाट जन्म दिएकी छोरी अर्कैलाई दिएर आफू कुबेत प्रहरी समक्ष पुगेकी छिन् । सात महिने दुधे बालिकालाई अर्काको जिम्मा लगाउदै आफू नेपाल फर्किने कानूनी प्रक्रिया पूरा गर्न प्रहरी  कार्यालय पुगेकी हुन् ।

सुनसरीकी कमला आचार्य अाफ्नी छाेरीकाे साथ
सुनसरीकी कमला आचार्य अाफ्नी छाेरीकाे साथ

करिब ३ वर्षदेखि कुबेतमा गैरकानूनी तवरले सँगै बस्दै आएका  मोरङका झरारी राजबंशी र सुनसरीकी कमला आचार्यको कोखबाट छोरी जन्मिएकी थिइन् ।  भगौडा कामदारको रुपमा कार्यरत झरारीलाई एक महिनाअघि प्रहरीले समातेपछि कमलाले नेपाल जान बाटो खोजिरहेकी हुन् । गत शुक्रबार काखमा छोरी च्यापेर सहयोगको अपिल गर्दै कमला नेपाली दूताबासमा पुगेकी थिइन् ।

दूताबासले आयोजना गरेको दशैँ शुभकामना आदान प्रदान कार्यक्रममा कुबेतमा क्रियाशील नेपाली संघ सस्था, समाजसेवी, बुद्धिजिबी, पत्रकार लगायतको माझमा उनले आफू नेपाल फर्कन चाहेको तर गैरकानूनी भएकोले त्यसरी जन्मिएको  छोरीसँगै साथमा लैजान कुबेतको कानून अनुसार नमिल्ने हुँदा छोरी कसैलाई छाडिदिएर भए पनि नेपाल फर्कने चाहना रहेको कमलाले बिलौना गरेकी थिइन् ।

सो अवसरमा उपस्थित सबैले कमलालाई सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसपछि सामाजिक संजाल र स्थानीय मिडियामा कमलाको चर्चा व्यापक भएको थियो । तर आइतबार कमलालाई ढुंगा खोज्दा देउता मिले झैँ भयो, उनकी तामाकी मुना जस्ती सात महिने छोरीलाई  धर्मपुत्रीको रुपमा पाल्ने भन्दै कमला बस्दै आएको  ठाउँमा पुगिन् माया बीसी ।

दाङ्की माया बीसीको कमलाकी छाेरी
दाङ्की माया बीसीको कमलाकी छाेरी

दलित एकता संजाल कुबेतकी सदस्य रहेकी दाङ् धनौरी ६ की माया बीसीले कमलासँग ७ महिने छोरीको जिम्मा लिइन् । आममाफी नखुलेसम्म बालिकाको पालनपोषण शिक्षा दिक्षा लगायत कुनै कुरामा कमी हुन नदिने बचन व्यक्त गर्दै मायाले छोरी जिम्मा लिइन् ।  अबोध छोरी अर्कैलार्इ जिम्मा लगाएर कमला नेपाल फर्कने सपना बोकी आवश्यक कानूनी प्रक्रिया पुरा गर्न प्रहरी कार्यालयतिर लागिन् ।

झरारी र कमलाको चिनजान

बैदेशिक रोजगारीको शिलशिलामा करिब साढे चार वर्ष पहिला घरेलु महिला कामदारको रुपमा कुबेत आएकी कमलाको मोबाइल फोनमार्फत तान्जिप कम्पनीमा कार्यरत झरारी राजसँग चिनजान भएको थियो  । टेलिफोनमा बढ्दो कुराकानीले एक अर्कामा माया बढ्न थाल्यो ।

करिब ९ महिना फोनमा भएको कुराकानीले अन्तमा दुबैलाई गैरकानूनी बनायो । कमला आफू कार्यरत घर र झरारी कम्पनी छोडेर भागी बाहिर गैरकानुनी रुपमा दुबै सँगै बस्न थाले । यसरी गैरकानूनी रूपमा तीन वर्षदेखि सँगै बस्दा उनीहरुबाट  छोरीको जन्म भएको थियो । झरारीले स्काफफोल्डिङको काम गरेर परिवारको  गुजारा चलाउदै आएका  थिए ।

दुबैले घरमा बिहे गरेर बसेको जानकारी गराईसकेका  र कुबेतमा आममाफी खुल्नासाथ नेपाल फर्कने सोचका साथ बसेका उनीहरुलाई आफूहरुले सोचेजस्तो भने हुन सकेन  । एक महिना अगाडि  झरारीलाई कुवेत प्रहरीले पकाउ गरी नेपाल फर्काउन कानूनी प्रक्रिया शुरु गरेपछि  उनीहरुको सपना चकानाचुर भएको थियो।

श्रीमानको मृत्यूपछि छोरीको भबिस्य बनाउन कुबेत आएकी कमला र एक छोरा र एक छोरी अनि श्रीमतीको पालनपोषणको लागि प्रदेश आएका झरारी दुबै यतिबेला संकटमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?