Comments Add Comment

बच्चाले यसरी पाठेघरभित्रै गाउँछ गित (भिडियो सहित)

Baby
गर्भ रहेको १६ हप्तापछि नै पाठेघरको बच्चाले बाहिरी आवाज सुन्न थाल्ने एक नयाँ अध्ययनले देखाएको छ ।

स्पेनको बार्सिलोनास्थित इन्स्टिच्युट माक्र्वेसका वैज्ञानिकहरुले बाहिरी आवाजहरु सुनेर सो को प्रतिक्रिया स्वरुप पाठेघरमा रहेको बच्चाले मुख तथा जिब्रो चलाउने गरेको तथ्य फेला पारेका हुन् ।

१६ औँ हप्तामा बच्चाको भ्रुणमा कानको पूर्ण विकाश भैसकेको हुन्छ । तर हालसम्म वैज्ञानिकहरुले १८ हप्ता नहुँदै बच्चाले सुन्नै नसक्ने तथा सामान्यतया २६ हप्ताको भैसकेपछि मात्र सुन्ने अनुमान गरेका थिए ।

शोधकर्ता टोलिकी प्रमुख डाक्टर म्यारिसा लोपेज तेजोनका अनुसार यौनांगको बाटो हुँदै पाठेघरसम्म छिरेको संगीतको आवाजको प्रतिक्रिया स्वरुप बच्चाले ओठ तथा मुख चलाएको पाइयो । बच्चाको त्यो प्रतिक्रिया बोल्दा वा गित गाउँदा मुख चलाएको जस्तो रहेको उनको भनाइ छ ।

गर्भको बच्चाले १६ हप्तामै आवाज सुन्न सक्ने पछिल्लो खोज शिशु स्वास्थ्यको लागि निकै महत्वपूर्ण उपलब्धी रहेको बताइएको छ । यसले गर्भको बच्चाको जाँच गरी उसको श्रवण क्षमताको विकाश भए नभएको, त्यसमा समस्या रहे नरहेको पत्ता लगाउन सकिन्छ र त्यसको उपचारका लागि समेत पूर्वतयारी गर्न सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार आमाहरुले आफ्नो बच्चालाई नजन्मिँदै बौल्न सिकाउन सक्छन् । बेबी पड भनिने एक यन्त्रको प्रयोग गरेर आमाहरुले आफै बच्चाको सुन्ने तथा बोल्ने क्षमताको परीक्षण तथा विकाश गर्न सक्ने दाबी गरिएको छ ।

अध्ययनका क्रममा वैज्ञानिकहरुले १४ देखि ३९ हप्तासम्मका गर्भवती महिलामा परीक्षण गरेका थिए । संगीत सुनिसकेपछि बच्चाले देखाउने प्रतिक्रिया रेकर्ड गर्नका लागि अल्ट्रासाउण्डको प्रयोग गरिएको थियो ।

पेटमाथि तथा योनीभित्र विशेष प्रकारको स्पिकर राखेर बच्चालाई संगीत सुनाइएको थियो ।संगीत सुनाइसकेपछि ८७ प्रतिशत बच्चाले टाउको तथा खुट्टा चलाएर प्रतिक्रिया दिएका थिए भने ५० प्रतिशत बच्चाले हातखुट्टा सँगै मुख र ओँठ पनि चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment