+
+

बिहीबारदेखि एचअाइडिसिएलको १ अर्ब ९० करोडको अाइपिअो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १२:५१

८ कात्तिक, काठमाडौं । यही बिहीबार (१२ गते) देखि नेपाल सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले   यही कात्तिक १२ गतेदेखि १ अर्ब ९० करोड रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्दैछ ।

jalbiddut companeyकम्पनीकले निष्काशन गरेको सेयर छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २९ गतेसम्म अावेदन दिन सकिने छ । मागभन्दा बढी अावेदन परे कात्तिक १६ गते नै बिक्री बन्द गर्ने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात् ५ हजार रुपैंयादेखि अधिकतम ५० लाख कित्ता अर्थात ५० करोड रुपैंयासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

लगानी कोषका कार्यालयलगायत २० वटा कम्पनीका कार्यालयहरुमा आबेदन फारम लिएर आइपिओ भर्न सकिनेछ ।

यो कम्पनीको सेयर जलविद्युत क्षेत्रको हालसम्मकै ठूलो हो । इक्रा नेपालले जलविद्युत यो कम्पनीको शेयरलाई ग्रेड ३ रेटिंग दिएको छ ।  नियामक धितोपत्र बोर्डले भदौ २८ गते कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमती दिएको थियो ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले २०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पुँजी ५० अर्ब, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले कुल पुँजीको २५ प्रतिशत सर्वसाधारणमा सेयर जारी गरि उठाउन लागेको हो ।

कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा ४३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?