मुम्बई । बलिउडकी नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई मिडियाले पटक-पटक एकसाथ विभिन्न ठाउँमा भेटेका छन् । उनीहरुको प्रेम प्रशंग अहिले फिल्मी दुनियाँमा नयाँ पनि होइन् ।
तर, यसपटक भारतीय मिडियाले विराटसँगै अनुष्का र उनका बुवालाई समेत एक रेष्टुुरेन्टको बाहिर फेला पारेका छन् । रोज बान्द्राको रोयल चाइना होटल बाहिर विराट र अनुष्कासँगै उनका बुवा कर्नेल अजयकुमार शर्मा पनि भेटिएका हुन् । उनीहरु स्पेसल लन्चपछि एउटै कारमा चढेर निस्किएका थिए ।
विराट र अनुष्काको प्रेम मौलाइरहेको समयमा अभिभावक सँगै देखिएपछि दुई प्रेमीबीचको सम्बन्धले छिट्टै नयाँ स्वरुप पाउन सक्ने अनुमान गर्न थालिएको छ ।
विराट र अनुष्का केही दिन अघि मुम्बईमा नयाँ घरको खोजीमा समेत भेटिएका खबर सार्वजनिक भएका थिए । विराट र अनुष्का २ वर्षदेखि डेटिङमा ब्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4