+
+
Shares

कात्तिक १ गतेबाट लाग्यो त हलमा ई-टिकटिङ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ९ गते ११:३२

film-hallचलचित्र विकास बोर्डले कात्तिक १ गतेबाट काठमाण्डौ भित्रका सम्पुर्ण हलमा अनिवार्य रुपमा ई-टिकटिङ लागू गर्नु पर्ने भन्दै केही महिना अगाडि निर्णय गरेको थियो । बोर्डले कात्तिक १ गतेबाट उपत्यकाका र माघ १ गतेबाट मोफसलका हलमा यो व्यवस्था लागू गर्नुपर्ने भन्दै निर्णय गरेको थियो ।

तर, कात्तिक ९ लाग्दा समेत बोर्डले लगाउने भनेको यो व्यवस्था काठमाण्डौका विशेषगरि सिंगल हलमा देखिएको छैन । काठमाण्डौका केही मल्टिप्लेक्समा ई-टिकटिङ सुरुवात देखि नै भएपनि गोपीकृष्ण, गुण, अष्टनारायण जस्ता हलमा यो व्यवस्था छैन । साथमा विश्वज्योती, कलंकी लगायतका हलमा पनि टिकटको व्यवस्था छ । केही हललाई छाड्ने हो भने अधिकांश हलमा यस्तो व्यवस्था छैन ।

दर्शकले कागजी टिकट काट्दा निर्माताले सही व्यापार थाहा नपाउने गुनासो पनि आउँदै गरेको छ । जसका कारण निर्माता ठगिएको गुनासो पनि आउने गरेको पाइन्छ । चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त भएसँगै उनले बक्स अफिस लगाउँछु भन्दै आएका हुन् । तर, पछि तत्काल ई-टिकटिङको व्यवस्था गर्ने निर्णय भएको थियो ।

यस बिषयमा वुझ्न खोज्दा अध्यक्ष राइले धेरै कुरा अगाडि बढिसकेको बताए । उनले तेल अभावका कारणले गर्दा पनि हलमा काम गर्न समस्या आएको जानकारी दिएका छन् । उनले केही हलमा बोर्डले पनि सहकार्य गर्नुपर्ने अवस्था आएको भन्दै चाडै नै यो व्यवस्था लागू गरेर छाड्ने बताएका छन् । उनले आफूले बोलेको कुरा भएकाले जसरी पनि लगाउने दाबी गरेका छन् ।

संयोजक सुरेश दर्पण  पोख्रेल अमेरिकामा रहेकाले पनि काम गर्न बोर्डलाई केही अप्ठ्यारो भएको छ । चलचित्र विकास बोर्डले निर्णय गरेको यो व्यवस्थाप्रति चलचित्र संघ पनि सकारात्मक देखिएको बोर्ड अध्यक्ष राइको भनाई छ ।

तर, कात्तिक १ गतेबाट काठमाण्डौमा लाग्ने भनिएको ई-टिकटिङ प्रक्रिया अगाडि बढ्न सकेको छैन । अध्यक्ष राइ डेढ महिना भित्र यो व्यवस्था लागू हुने दाबी गर्छन् । के निर्माताले चाहेको यो व्यवस्था निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राइले लागू गर्न सक्लान्, प्रतिक्षा सबैलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?