Comments Add Comment

गृहमन्त्री बस्नेतले हटाए अगुवा-पछुवा गाडी

९ कात्तिक,काठमाडौं । भारतको नाकाबन्दीका कारण देशमा इन्धन अभाव चर्किरहेका बेला गृहमन्त्री शक्ति बस्नेतले सुविधाका दुई गाडी कटौति गर्ने निर्णय लिएका छन् ।

Sakti-Basnetबस्नेतले गृहमन्त्री चढ्ने गाडीको अघिपछि गुडाइने दुई गाडी हटाएका हुन् ।

‘तेलको संकट रहुञ्जेल कारगेड (अगुवा र पछुवा गाडी) सुविधा नलिने निर्णय गरेको हुँ,’ मन्त्री बस्नेतले अनलाइनखबरसित भने-‘मेरा दुईवटा गाडीलाई चाहिने तेलले भाडाका दुई गाडी चलुन् भनेर हो ।’

‘सुरक्षा संवेदनशीलताका कारण’ प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले सुरक्षाकर्मीको अगुवा र पछुवा गाडी राख्ने गर्छन् । गृहमन्त्री चढ्ने गाडीको अगाडी र पछाडी क्रमश शसस्त्र र नेपाल प्रहरीका गाडीले स्कर्टिङ गर्ने गर्छ ।

दुवै गाडी कटौति गरेपछि अब गृहमन्त्रीको झण्डावाल गाडी अन्य मन्त्रीहरुसरह एक्लै सडकमा गुड्ने छ ।

सुरक्षा निकायहरुले भने गृहमन्त्री बस्नेतलाई दुईमध्ये एउटा गाडी कायम राख्न सुझाव दिएका थिए । सोमबार सामान्य छलफलका क्रममा यस्तो सुझाव आए पनि गृहमन्त्रीले दुवै गाडी हटाउने अडान लिए ।

इन्धन संकटले गर्दा निजी तथा सार्वजनिक सवारी साधनहरु चल्न नसकिरहेका बेला उचपदस्थ व्यक्तिहरुलाई दिइने कारगेट सुविधाबारे सामाजिक सञ्जालमा विभिन्न टिका-टिप्पणीहरु हुँदै आएका छन् ।

आफूले सस्तो लोकप्रियताको लागि नभई मुलुकको अवस्थाका कारण यस्तो निर्णय लिएको मन्त्री बस्नेत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment