+
+

व्यापारीले आन्दोलनकारीलाई लखेटे

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते ७:१७

१२ कात्तिक, विराटनगर । विराटनगरका व्यवसायीले आन्दोलनकारीलाई लखेटेका छन् । बजार बन्द गराउँदै हिँडेका संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्तालाई व्यवसायीले लखेटेको नागरिक दैनिकमा खबर छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार संघीय समाजवादी फोरमका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा बजार बन्द गराउँदै हिँडेका आन्दोलनकारीलाई ट्राफिक चोकदेखि जलजला मोडसम्मका व्यवसायीले प्रतिकार गरी लखेटेका हुन् ।

प्रहरीको सहयोगमा आन्दोलनकारीलाई त्यहाँबाट महावीर चोकतर्फ लगिएको थियो । उक्त क्षेत्रका व्यवसायीले लामो समयदेखि बजार बन्द हुँदा व्यापार चौपट भएको भन्दै प्रतिकारमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?