Comments Add Comment

राष्ट्रपतिको सपथका लागि शीतल निवास झकिझकाउ (फोटो फिचर)

Shitalnibas१२ कात्तिक, काठमाडौं । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथका लागि शीतल निवासलाई दुलही झै सिँगारिएको छ ।

शीतल निवासमा भण्डारीको सपथ र निवर्तमान राष्ट्रपतिको विदाइ कार्यक्रम राखिएको छ । दिउँसो ३ बजे सपथ कार्यक्रम सुरु हुनेछ ।

अहिले नै पाहुनाहरु पुग्ने क्रम सुरु भइसकेको छ । सभासदहरु पुगिसकेका छन् भने भीआइपीहरु पुग्ने क्रम चलिरहेको छ ।

सुरक्षा व्यवस्था कडा

राष्ट्रपतिको स्वागतका लागि रिसल्लाहरु तयारी अवस्थामा राखिएको छ । शीतल निवास वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र नेपाली सेनाले सुरक्षा जाँच गरिरहेका छन् । तालिमप्राप्त कुकुरहरु सडक र शीतल निवास भित्र परिचालन गरिएको छ । शीतल निवास अगाडिको सडकमा काँडेतार लगाएर आवत-जावत बन्द गरिएको छ ।

Shital Nibas (2)

Shital Nibas (6)

Shital Nibas (1) Shital Nibas (3)

Shitalnibas-Checking Shital Nibas (5)

Shitalnibas-Checking

 तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment