Comments Add Comment

वार्ताको औचित्य सकियो, चीनको नाका पनि रोक्छौं : राजेन्द्र महतो

Rajendra-mahato-1

सुभाषप्रसाद साह

१३ कात्तिक, बारा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य समाप्त भएको बताएका छन् । उनले अब मधेसको माग आन्दोलनबाट पुरा गर्ने समेत बताए ।

बाराको महागढीमाई नगरपालिकामा शुक्रबार जनजागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष महतोले भने-‘बिगतमा गरिएको सहमति सम्झौता कार्यन्वयन गर्नका लागि पटक-पटक बार्तामा बसेपनि तीन दलले मधेसको माग सम्बोधन गर्ने पक्षमा छैनन् ।’

मधेसको माग अब बार्ताबाट नभई आन्दोलनबाटै सम्बोधन हुने भन्दै उनले आन्दोलन तथा नाकाबन्दी आन्दोलनलाई अझ शसक्त बनाउने बताए । ‘जे हुन्छ अब आन्दोलन र नाकाबन्दीबाटै हुन्छ’ महतोले भने ।

भारतबाट कुनै पनि समान ल्याउन नदिएपछि सरकारले चीनबाट मगाउने सुनेको भन्द्यै उनले भने-यदि त्यो हल्ला सही हो भने नेपाल र चीनको नाकामा पनि मधेसी मोर्चाले नाकाबन्दी आन्दोलन गर्छ ।’

मधेशी मोर्चामा रहेका बिभिन्न दलहरुको बैठक बसेर आदीबासी, जनजाती लगायतको सहयोगमा नेपाल र चीनको नाकामा नाकाबन्दी आन्दोलन गर्ने उनले बताए ।

महतोले मधेसको माग सम्बोधन गर्ने पक्षमा नरहेका मधेस बिरोधीहरुले आन्दोलनलाई बदनाम गराउन खोजेको आरोप उनले लगाए । उनले भने-‘मधेस बिरोधीहरुले मधेसको माग सम्बोधन गर्न चाहेका छैनन् । तर, हामी मान्नेवाला पनि छैनौं । जे जसरी हुन्छ मधेशको माग हरहालतमा सम्बोधन गराएरै छोड्छौं ।’

सद्भावना उपाध्यक्ष एवं पुर्व सभासद शिवचन्द्र कुश्वाहाले अधिकारको लागि भएको आन्दोलनमा जनताको सहभागिता देखेर सरकार आतिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment