+
+
Shares

यस्तो देखियो जलविद्युत कम्पनीको सेयरमा आकर्षण (फोटोकथा)

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १८ गते ९:००

१८ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको जलविद्युत विकास तथा लगानी कम्पनीमा सर्वसाधारणको अत्यधिक आकर्षण देखिएको छ ।

share (14) (1)आवेदन संकलन केन्द्रहरुमा सेयरको आवेदन फार्म भर्नेहरुको भीड लागेको छ । निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सहायक प्रबन्धकका कार्यालयहरुमा सेयर भर्नेको भीड लागेको हो ।

कम्पनीले गत कात्तिक १२ गतेदेखि १९ गतेसम्मका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित दरका १ करोड ८७ लाख कित्ता अर्थात् १ अर्ब ८७ करोड रुपैयाँ बराबरका सेयरका लागि आवेदन खुल्ला गरेको हो ।

share (4)

मंगलबारसम्ममा १ लाख २५ हजार सर्वसाधकारणले १० अर्ब ७५ करोड रुपैयाँ माग गर्दै आवेदन दिइसकेको नागरिक लगानी कोषका प्रवक्ता सुसील अर्यालले जानकारी दिए ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले २०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पुँजी ५० अर्ब, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले कुल पुँजीको २५ प्रतिशत सर्वसाधारणमा सेयर जारी गरि उठाउन लागेको हो ।

कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा ४३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

share (1)

share (12)

share (3) (1)

share (5)

share (7)

share (8)

share (11)

share (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?