Comments Add Comment

वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड

२१ कात्तिक, चितवन । एलपी ग्यासको निर्भरता बढेका कारण यतिबेला दुःख, कष्ट पाउनुपरेको भन्दै वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिइएको छ ।

प्रेस चौतारी नेपाल चितवन शाखाले आज नारायणगढमा आयोजना गरेको ‘वैकल्पिक ऊर्जा प्रवर्द्वनन र सम्भावना’ विषयको अन्तक्र्रियामा सहभागीले स्थानीयस्तरमा उपलब्ध हुने ब्रिकेट, उन्नत चुल्हो, दाउराको वितरणलाई सहज र सर्वसुलभ बनाउनुपर्नेमा पनि जोड दिए ।

जिल्ला न्यायाधीश विनोदमोहन आचार्यले एलपी ग्यासको परनिर्भरता अन्त्य गर्न प्राकृतिक स्रोतको अधिकतम उपयोग गरी जलविद्युत्, सोलार, गोबरग्यासलगायत वैकल्पिक ऊर्जामा राज्यको ध्यान जानुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले सङ्कटको समयमा जनताले सरकारलाई साथ दिनुपर्ने भन्दै संयम भएर ऊर्जा खपतलाई कम गर्दै जानुपर्ने धारणा राख्ने ।

जिविसका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत इन्जिनियर विशाल लामिछानेले पछिल्लो समय नवीकरणीय ऊर्जाको प्रयोगमा जिविसले जोड दिएको बताउनुभयो । गत आवमा नवीकरणीय ऊर्जाका लागि रु १३ लाख खर्च गरेको जिविसले चालु आवमा यो रकमलाई बढाएर २० लाख रूपैयाँ पुर्यायाएको उनको भनाइ थियो ।

सोही अवसरमा नेपाल ऊर्जा विकास कम्पनीले हालै मात्र निर्माण गरेको थोरै दाउराबाट कम धुवाँ आउने र धेरै आगो बल्ने अत्याधुनिक चुल्हो पनि सार्वजनिक गरिएको थियो । कम्पनीका अध्यक्ष प्रकाश श्रेष्ठले सुधारिएको चुल्हो वर्तमान अवस्थामा निकै उपयोगी हुने बताए ।

चितवनमा ७५ हजार ६६१ घरधुरीले एलपी ग्यास, १७ हजार ४६६ घरधुरीले बायोग्यास, ३४ हजार ३८७ घरधुरीले दाउरा, एक हजार ९६२ घरधुरीले सुधारिएको चुल्हो, दुई हजार ९९६ घरधुरीले ब्रिकेटलगायत अन्य वैकल्पिक ऊर्जाको प्रयोग गर्ने गरेका सो अवसरमा जानकारी दिइएको थियो ।

त्यस्तै राष्ट्रिय प्रसारणबाट विद्युत् प्रयोग गर्ने ९३ हजार १६५ घरधुरी रहेका छन् भने साना तथा लघु जलविद्युत् १४० घरधुरी, सुधारिएको पानी घट्टबाट ३५ घरधुरी, घरेलु सौर्य विद्युत प्रणालीबाट छ हजार २१४ घरधुरी, साना घरेलु सौर्य विद्युत् प्रणालीबाट तीन हजार ५०६ घरधुरी, मट्टीतेलबाट छ हजार ८०२ र अन्य ऊर्जा प्रयोग गर्ने २२ हजार ६४४ घरधुरी रहेको इन्जिनियर लामिछानेले जानकारी दिए ।

कार्यक्रममा नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलिया, नेपाली काँग्रेस चितवनका सचिव जीतनारायण श्रेष्ठ, एकीकृत नेकपा (माओवादी)का जिल्ला अध्यक्ष यमबहादुर परियार, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदी, पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरि पोखरेल, प्रेस चौतारी नारायणी अञ्चल संयोजक तिलकराम रिमाल, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाललगायतले वैकल्पिक ऊर्जाको उत्पादन बढाउन सके इन्धन र एलपी ग्यासको खपत घटाउन सकिने भन्दै प्राकृतिक स्रोतको अधिकतम प्रयोगमा जोड दिएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment