Comments Add Comment

पेरिस आक्रमणमा नेपाली परेको जानकारी छैन : परराष्ट्र

Parastra-Mantralaya

२८ कात्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी आक्रमणमा नेपालीहरु परे नपरेको जानकारी नआएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

फ्रान्सका बिभिन्न स्थानमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १२० जनाको मृत्यु भएको छ । घटनाको विश्व समुदायले निन्दा गरेका छन् । फ्रान्स सरकारले संकटकाल घोषणा गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म केही जानकारी आएको छैन । नेपालीहरुलाई केही भएको भए त खबर आइसक्थ्यो ।’

नेपालमा सार्बजनिक विदा परेपनि फ्रान्सस्थित नेपाली दूतावासमा सम्पर्क गरेर विस्तृतमा बुझ्ने प्रयास गरिरहेको उनले जानकारी पनि दिए । उनले भने, ‘फ्रान्समा नेपालीहरुको सानो कम्युनिटी छ । अहिलेसम्म अपि्रय खबर आएको छैन, नआओस् पनि ।’

यो पनि पढ्नुस्

पेरिसमा आतंककारी आक्रमण, १२० बढीको मृत्यु

तस्वीरः पेरिसमा भएको आक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment