+
+

‘पेरिस आक्रमणको योजना विदेशमा बन्यो, घरेलु तत्वले सघाए’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २८ गते १६:५७

Oland

२८ कत्तिक, काठमाडौं । फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्डले पेरिसमा भएको आक्रमणलाई चरमपन्थी संगठन इस्लामिक स्टेटको तर्फबाट युद्धको घोषणाको संज्ञा दिएका छन् ।

यो आक्रमणको योजना विदेशमा बनेको तर, फ्रान्समा बसेका तत्वले सहयोग गरेको उनले बताए ।

शुक्रबार राति पेरिसमा भएको आक्रमणमा १२८ जनाको मृत्यु भएको छ । यसलाई विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।

पेरिस आक्रमणपछि विशेष सुरक्षा बैठक बोलाएर राष्ट्रपति ओलान्डले संकटकालको घोषणा गरेका छन् । फ्रासको सीमाहरु बन्द गरिएको छ भने पेरिसमा पुलिसलाई सहयोग गर्ने १ हजार ५०० सैनिक परिचालन गरिएको छ ।

ओलान्डले ८० भन्दा बढी मानिसको हत्या भएको कन्टर्स हलको स्थलगत भ्रमण गरेका छन् । राष्ट्रपति ओलान्डले यसका लागि जिम्मेवार चरमपन्थीसँग निर्ममतापूर्वक लड्ने बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार कालो कपडा लगाएका बन्दुकधारीले निकै नजिकबाट गोली हानेका थिए । जब प्रहरीले त्यहाँ धाबा बोल्यो, आत्मघाती ज्याकेट लगाएका तीन आक्रमणकारीले आफैंलाई विस्फोट गराए । चौथो अक्रमणकारीलाई भने गोली हानेर मारिएको छ ।

एक रेष्टुँरामा पनि अन्धाधुन्द गोली हानिएको छ भने राष्ट्रिय रंगशाला बाहिर विस्फोट भएको थियो ।

अधिकारीहरुका अनुसार आठ आक्रमणकारी मारिसएका छन्, जसमा सात आत्मघाती आक्रमणकारी थिए । प्रहरीले सम्भावित सहयोगीको खोजी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?