+
+

एकैदिन १ सय ३१ ट्यांकर इन्धन नेपाल भित्रियो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १८:४७

tanket२९ कात्तिक, काठमाडौं । वीरगञ्ज घटनापछि आइतबार सबैभन्दा धेरै इन्धन ट्यांकरहरु नेपाल भित्रिएका छन् ।  प्रहरीसँगको झडपमा गोली लागेर वीरगञ्जका एक भारतीय नागरिकको मृत्यु भएपछि भारतले सीमा नाकाहरुमा थप कडाइ गरेको थियो, जसले इन्धन आपूर्ति झण्डै ठप्प जस्तै भएको थियो ।

तर, आइतबार भारतीय भन्सार कार्यालयहरुले १ सय ३१ वटा इन्धनका गाडीलाई नेपाल छिर्न अनुमति दिएका छन् । सबैभन्दा बढी भैरहवाको बेलहिया भन्सारबाट ५२ वटा इन्धन गाडी भित्रिएको छ । भारतीय सुनौली भन्सारले १८ ग्यास बुलेट र ३४ डिजेलका गाडी छाडेको बेहिलया भन्सारका अधिकृत राजन ओलीले जानकारी दिए ।

रक्सौलबाट रि-रुटिङ गरी ल्याइएका ग्यास बुलेटहरु वीरगञ्ज घटनापछि सुनौलीमै रोकिएका थिए । भारतीय पक्षले लामो समयदेखि अलपत्र परेका मालबाहक गाडीलाई भोलिसम्म पास गरिसक्ने आश्वसन दिएको बेलहिया भन्सारले जनाएको छ ।

यस्तै नेपालगञ्ज नाकाबाट एकैपटक ३१ वटा इन्धन ट्यांकर नेपाल प्रवेश गरेका छन् । नेपालगञ्जको जमुनाहबाट १२ दिनपछि उल्लेख्य संख्यामा इन्धन बोकेका गाडी नेपाल भित्रिएका हुन् ।

आइतबार नेपालगञ्जबाट २४ वटा, ३ वटा हवाई इन्धन, ३ वटा पेट्रोल र एउटा मट्टतिेल बोकेका गाडी आएका भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । यसअघि जमुनाहबाट दैनिक २/३ ट्यांकर मात्र इन्धनका गाडी नेपाल आइरहेका थिए ।

यस्तै विराटनगरको रानी नाकाबाट भने २८ वटा इन्धनका गाडी भित्रिएका छन् । रानी भन्सारबाट डिजेलका १८ र पेट्रोलका ५ ट्यांकर नेपाल आएका छन् । बिराटनगरबाट ५ बुलेट ग्यास पनि नेपाल आएको छ ।

कैलालीको गौरीफन्टा र त्रिनगर भन्सारबाट १८ वटा इन्धनका गाडी आएका छन् । त्रिनगर नाकाबाट १७ वटा इन्धनका गाडी नेपाल भित्रँदा गौरीफन्टाबाट एउटा ग्यास बुलेटमात्र आएको छ । त्रिनगरबाट १४ वटा डिजेल, २ वटा मट्टतिेल र एउटा हवाई इन्धन नेपाल आएको छ ।

यसैगरी काँडभिट्टाको मेची भन्सारबाट २ वटा मात्र ग्यास बुलेट रहेको भन्सार प्रमुख भीम अधिकारीले बताए । वीरगञ्ज नाकामा मधेसी मोर्चाको धर्ना कायम रहेकाले त्यहाँबाट आयात-निर्यात सुचारु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?