Comments Add Comment

सातौं राष्ट्रिय खेलकुद फागुनमा सर्‍यो

३० कात्तिक, काठमाडौं । आगामी मंसिरमा पूर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा सरेको छ ।

7th-National-Gameखेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष सत्यनारायण मन्डलको अध्यक्षतामा बसेको परिषदको १०४ औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने निर्णय गरेको छ ।

यसअघि मंसिर ११-१८ गते हुने तय भएको थियो । तर, देशको विषम परिस्थितिका कारण निर्धारित मितिमा आयोजना गर्न नसकिने भन्दै फागुन १८ देखि २३ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रिय छनोट फागुन १२ देखि १५ गते सम्म संचालन गर्ने निर्णय भएको छ ।

बैठकले भारतको गुहाटी र सिलोङ्गमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टको संयोजकत्व समिति बनेको छ ।

ग खेलकुद माघ २३ देखि फागुन ४ गते सम्म आयोजना हुनेछ ।

सागमा सहभागी हुने २३ वटा खेलका राष्ट्रिय संघ र सम्वन्धित सरोकारवालाहरुसँग छलफल गरी एक हप्ताभित्र अनुमानित बजेट तयार पारी खेलकुद मन्त्रालयमा पठाउने बैठकले निर्णय गरेको छ ।

१२ औं सागमा नेपालले एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साईक्लिङ, फुटबल, ह्याण्डबल, हक्की, कवड्डी, जुडो, खोखो र शुटिङमा भाग लिनेछ । यस्तै स्क्वास, पौडी, टेबल टेनिस, तेक्वान्दो, टेनिस, ट्राईयाथलन, भलिबल, भारोत्तोलन , कुस्ती  र उसुमा सहभागिता जनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment