Comments Add Comment

अनमोललाई छाड्दैनन् भूवन, यूएइ पुगे केसीका बाबुछोरा

anmol-and-bhuwan-kc
नायक अनमोल केसी चलचित्र क्षेत्रमा सुपरस्टार भैसके । तर, उनी अझै पनि आफ्ना पिता नायक भूवन केसीकै वरिपरी नै छन् । भूवनले श्रीमती सुस्मितालाई डिभोर्स दिएपनि अनमोल बाबुसँगै बस्दै आएका छन् । सायद, यसैले पनि होला भूवन अनमोलसँग जोडिएका विभिन्न बिषयमा सामेल हुन्छन् र आफ्नो विचार राख्छन् ।

चलचित्रको छनोटको बिषय होस् वा गर्ने नगर्ने भन्ने बिषयमा होस्, भूवनकै निर्णय हुन्छ । अनमोल भूवनकै कुरालाई सहर्ष मान्छन् र त्यही अनुसार काम गर्छन् । भूवन र अनमोलको यो केमेष्ट्री अचम्मकै छ । केही समय अगाडि ‘ग्याङ स्टार ब्लूज’ नामक एक चलचित्रमा अनमोलले काम गर्ने वा नगर्ने भन्ने बिषयमा भूवन केसी अगाडि देखिएका थिए ।

अहिले नायक केसी छोरा अनमोललाई लिएर दुबइ पुगेका छन् । केही महिना अगाडि नायक आर्यन सिग्देलले उद्घाटन गरेर सुरु भएको ‘नेप्लिज आर्टिस्ट गु्रप’ले आफ्नो शाखा विस्तार गर्दैछ । आज यूएइमा आयोजना हुन लागेको परिचयात्मक कार्यक्रमका लागि नायक भूवन केसी र अनमोल केसी त्यहाँ पुगेका छन् ।

यो कार्यक्रममा केही सांगीतिक प्रस्तुती पनि हुने संस्थाका संरक्षक रतन थापाले  जानकारी दिएका छन् ।
भूवन र अनमोल एकसाथ विदेश पुगेको यो पहिलो  पटक भने होइन । विदेश जाँदा पनि भूवन अनमोललाई लिएर जाने गरेका छन् ।

यो कार्यक्रम आयोजना गर्ने रतनले यस अगाडि नायिका रेखा थापालाई यूएई लगेर ‘तीज महोत्सव’ आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment