Comments Add Comment

टिभी हेर्न आफ्नो घर आएको रिसमा ७ वर्षीया बालिकाको हत्या

कपिल ज्ञवाली
७ मंसिर, बुटवल । सुर्यपुरा-५ रुपन्देहीका कृष्णबहादुर दमैकी ७ वर्षीया छोरी एन्जल दर्जी (नेपाली)को हत्या भएको छ । हत्यामा संलग्न सुर्यपुरा-५ सिसौघारीका २१ वर्षीय हरि खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Hari-Khatri
हरि खत्री

एन्जल टिभी हेर्न आफ्नो घरमा आउने कुरा आफूलाई मन नपरेकाले हत्या गरेको हरिले प्रहरीलाई बयान दिएका छन् ।

हत्यामा संलग्न हरिले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘एन्जल नेपाली सँधै मेरो घरमा टि.भि हेर्न आउने गर्थिन् । मलाई उक्त कुरा मन परेको थिएन । मंसिर २ गते गाउँमा पिकनिक थियो । पिकनिकमा मैले मादक पदार्थ सेवन गरें अनि बेलुका ७ बजेतिर नजिकैको सिसौघारीमा जान भनें । र पछि म पनि उक्त जंगलमा गई घाँटी थिची मारेको हुँ ।’

हत्यापछि एन्जललाई नजिकैको पुरानो खाल्डोमा पुरे हिँडेको हरिले बताएका छन् । प्रहरीले उनलाई शंका गरी पक्राउ गरेपछि पुरेको स्थानमा लगेर हरिले नै लाश देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले अनलाइनखबरलाई बताए ।

हरि खत्री श्रृजना कल्याण निमाविका कक्षा ७ का विद्यार्थी हुन् । उनले भोला भन्ने व्यक्तिको ट्याक्टर चालकको रुपमा काम गर्दथे । उनका बाबु अर्जुन खत्री कतारमा छन् । हत्या गरिएकी एन्जल हरि खत्रीकी छिमेकी हुन् ।

अभियुक्तलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारवारी हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment