Comments Add Comment

आयल निगमका तीन डिपो प्रमुख केन्द्रमा तानिए

७ मंसिर, काठमाडौं । बाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयम नियमका तीन डिपो प्रमुखमाथि छानविन सुरु गर्दै केन्द्रमा तानेको छ ।
nepal_oil_corporationइन्धनको चरम अभाव भएको बेला कालोबजारी गरेको आरोप लागेपछि डिपो प्रमुखहरु छानविनमा परेका हुन् । स्रोतका अनुसार विवादमा परेका तीन डिपो प्रमुखलाई केन्द्रमा तानिएको छ ।

भलवारी डिपो प्रमुख दिनेश यादवलाई केन्द्रमा तानिएको छ । उनको स्थानमा वीरगञ्जमा रहेका अशोक साहलाई ल्याइएको छ ।

आयल निगमको निर्णय विपरित यादवले काठमाडौंको पम्पलाई १२ हजार लिटर डिजेल दिएका थिए । यसलाई लिएर अख्तियारले यादवसँगै कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि समेत अनुसन्धान गरिरहेको छ ।

आयल निगमले नेपालगञ्ज डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठलाई पनि केन्द्रमा तानेको छ । उनको स्थानजमा केन्द्रबाट विनितकुमार उपाध्यायलाई पठाइएको आयल निगम उच्च स्रोतले बताएको छ ।

विर्तामोड डिपोका प्रमुख बासुदेव भण्डारीलाई पनि केन्द्रमा तानिएको छ । उनको स्थानमा नयाँ प्रमुख पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment