Comments Add Comment

स्ववियू निर्वाचन तत्काल गराउन नेबिसंघको माग

Dr-Tirtha-Khaniya-and-Ranji

८ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्ख खनियालाई मंगलबार ज्ञापन पत्र बुझाउँदै तत्काल स्ववियू निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ ।

नेविसंघले तराई मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दीका कारण स्नातकोत्तर तह प्रथम बर्षको परिक्षा प्रभावित भएकाले व्यवस्थीत रुपमा संचालन गर्न माग पनि गरेको छ ।

नेविसंघ अध्यक्ष रञ्जित कर्ण नेतृत्वको टोली ज्ञापन पत्र बुझाउन मंगलबार कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा पुगेको थियो । नेविसंघले बुझाएको १३ बुँदे ज्ञापनपत्रमा बीबीए, बीई, फुड टेक्नोलोजी लगायतको अध्ययनमा बैज्ञानिक शुल्क निर्धारण गर्न, बीबीएस लगायतका सबै कार्यक्रमहरुमा सेमेष्टर प्रणाली लागु गर्न माग गरेको छ ।

सेमेस्टर प्रणालीलाई भौतिक पूर्वाधारसहित व्यवस्थित रुपमा सञ्चालन गर्न र क्याम्पसहरुलाई व्यवस्थित र बैज्ञानिक विधिबाट मात्रै सम्बन्धन दिन माग पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment