Comments Add Comment

मानवअधिकारको सम्मान गर्न आइसीजेको आग्रह

९ मंसिर, काठमाडौं । न्यायकर्मीहरुको अन्तर्राष्ट्रिय संगठन आइसीजेले सीमाक्षेत्रको नाकाबन्दी र तराईको राजनीतिक संकट समाधान गर्दा मानवअधिकारको सम्मान गर्न सम्वन्धित पक्षलाई आग्रह गरेको छ ।

ICJनेपाल सरकार तथा राजनीतिक पार्टीहरुका साथै नेपालका छिमेकी र अन्तर्राष्ट्रिय सहयोगदाताहरुलाई देशभर कायम रहेको अत्यावश्यक वस्तुहरुको चरम अभावका विषयमा तत्काल कदम चाल्न आइसीजेको विज्ञप्तिमा माग गरिएको छ ।

‘तराईमा जारी विरोधका क्रममा भएका कुनै पनि गैरकानूनी हत्या तथा हिंसात्मक क्रियाकलापमा संलग्न, चाहे सुरक्षा निकाय हुन् वा प्रदर्शनकारी, माथि अनुसन्धान गरेर कानूनको कठघरामा ल्याउनुपर्छ । सुरक्षा निकायले नागरिकहरुमाथि अत्यधीक बल प्रयोग गर्नबाट जोगिनुपर्छ,’ आइसीजेका एशिया प्रशान्त निर्देशक साम जारिफीले भनेका छन् ।

संवैधानिक संकटलाई समाधानमा प्रयत्नशील हुँदै अति आवश्यकीय वस्तुहरुको चर्को अभावलाई सरकारले तुरुन्त सम्वोधन गर्नुपर्ने आइसिजेको विज्ञप्तमा जनाइएको छ ।

तीन महिनाअघि सुरु भएको नाकाबन्दीले देशव्यापी जनसंख्याको आर्थिक तथा सामाजिक अधिकारमाथि गम्भीर आघात पुगेको भन्दै विज्ञप्तिमा खाना, पानी, सरसफाइ स्वास्थ्य लगायतका आधारभूत अधिकारहरुको पनि हनन भएको उल्लेख गरिएको छ ।

‘तराईमा कानुनी-शासन पुनस्थापित गर्ने र आफ्ना जनतालाई सुरक्षा दिने दायित्व नेपाल सरकारको हो, जाफिरीले भनेका छन्, ‘यद्यपि, जनताको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई नेपालले सधैँ सम्मान गर्नुपर्छ र सुरक्षा निकायहरुले बढीभन्दा बढी संयम अपनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment