Comments Add Comment

भुकम्प पीडित सशस्त्र प्रहरी राहत रकम लिन काठमाडौं आउन नपर्ने

९ मंसिर, काठमाडौं ।सशस्त्र प्रहरी बलले भुकम्प पीडित सशस्त्र प्रहरी कर्मचारीलाई पछि फिर्ता गर्नु नपर्ने गरी वितरण गरिरहेको रकम लिन काठमाडौं आउन नपर्ने भएको छ ।

APF-logo-Finalभुकम्पले घर भत्किएर क्षति पुगेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्रले कल्याणकारी प्याकेज घोषणा गरेको छ ।

रकम लिन पीडित कल्याणकारी सेवा केन्द्रमा उपस्थित हुन नसके कार्यरत जिल्लास्थित एपीएफ इकाईमै रकम पठाई दिने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

भुकम्पले घर भत्किएर पूर्ण रुपमा क्षति भएका सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी बलले कल्याणकारी कार्य अन्तर्गत दामासाहीले पछि फिर्ता गर्नु नपर्ने गरी करीव ३० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

निःशुल्क प्रदान गरिने उक्त रकमको पहिलो किस्ता वापतको २५ हजार रुपैयाँ वितरण भइरहेको छ ।

यसैगरी ऋण सहयोग वापत भूकम्प पीडित सशस्त्र प्रहरी कर्मचारीहरुलाई मात्रै हालसम्म छुट्टै १९ करोड ९० लाख ७० हजार रुपैयाँ प्रदान गएकिो र ऋण दिने कार्यसमेत भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment