Comments Add Comment

विप्लव भन्छन्- सुनसरी घटनामा भारतले सार्बजनिक माफी मागोस्

नेत्रविक्रम चन्द 'विप्लव' (फाइल तस्वीर)

  • नेत्रविक्रम चन्द ‘विप्लव’ (फाइल तस्वीर)

१० मंसिर, काठमाडौं । नेपाली भूमिमा प्रवेश गरी नेपालीलाई गोली हानेको घटनामा पश्चाताप गर्दै भारतले सार्बजनिकरुपमा माफी माग्नुपर्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले बताएको छ ।

विप्लव र केन्द्रीय जनपरिषद नेपालले बिहीबार छुट्टा छुट्टै विज्ञप्ति निकालेर उक्त घटनाले स्वाभिमानी नेपालीलाई आक्रोशित तुल्याएको भन्दै माफी माग्न भनेका हुन् ।

‘यो घटनाको जिम्मा लिएर आत्मालोचित हुँदै क्षमा माग्नुको सट्टा दिउँसै रात पार्ने गरी भारतीय राजदूतले तस्करमाथि गोली चलाएको भन्ने वक्तव्यले स्वाभिमानी नेपालीलाई आक्रोसित तुल्याएको छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय शासक वर्गले भण्टावारी घटनाको जिम्मा लिई त्यसप्रति पश्चताप गर्दै सार्वजनिक रुपमा माफी माग्न र आगामी दिनमा यस्ता घटना नघटाउने सार्वजनिक प्रतिबद्धता गरोस् ।’

बुधबार बिहान सुनसरी जिल्लाको भारतीय सीमासंग जोडिएको हरिपुर गाविस ७ भण्टाबारीमा मा भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले १०० मीटर नेपालको सीमाभित्र पसेर अन्धाधुन्ध गोली चलाउँदा ४ जना नेपाली घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment